भगवान् श्री सत्य साई बाबाको ९१औं जन्म जयन्तीको शुभ उपलक्ष्यदेखि शुरुवात गरि हरेक वर्ष 'साई देखि साई सम्म'-को पक्षबाट यो दिव्य 'ओम्' उहाँको जन्म जयन्तीमा उहाँकै चरण-कमलमा अर्पण गर्ने अवसर प्राप्त भएको छ जुन हामी सबैको निम्ति महान् सुयोग तथा स्वयं भगवानको दिव्य अनुग्रह हो।
भगवान बाबाको दिब्य अनुग्रहले बिभुषित हाम्रो युवा स्रष्ट्रा भजन गायक (पर्ति बिध्यार्थी / साई युवा) हरूको भजन कोशेली - Happy Birthday Swami भगवानको दिव्य चरण कमलमा अर्पण गर्न २३ अगस्त २०२० देखि २२ नवम्बर २०२० सम्म साप्ताहिक (आईतबार - समय बिहानी १० बजे) "साई भजन संगम" कार्यक्रमको प्रसारण भएको थियो।
यो कार्यक्रम हरेक हप्ता हाम्रो साई युवा भजन गायकहरूको एकल प्रस्तुति थियो र यसको प्रसारण हाम्रो ग्रुपको अफ़िसिअल यु-ट्युब च्यानेलबाट प्रसारित गरिएको थियो।