अर्जुन शर्मा
गेजिङ, सिक्किम
'जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी' भगवान् रामले लक्ष्मणलाई दिएको यस उत्तरले आफ्नो जन्मभूमिको महत्व बुझाए। जबकि लक्ष्मण लङ्काको सौन्दर्य देखेर मुग्ध भएका थिए अनि भगवान रामलाई लङ्काको राज गर्ने आफ्नो विचार पोखेका थिए।
भगवान् बाबा भन्नुहुन्छ म सबै भाषाहरुको ज्ञाता हूँ तर म कहिल्यै अरू भाषामा बोल्दिन किनभने मातृभाषा नै सबैलाई प्यारो लाग्छ अनि यही नै सबैको चिन्हारी हो। हामीले भगवानको यस्तो अमूल्य विश्वविद्यालयमा पढ्ने मौका पायौं अनि धेरै राम्रा राम्रा कुराहरू सिक्ने अवसर पायौं। अब हाम्रो कर्तव्य यो हनजान्छ कि हामीले सबै मिलेर हाम्रो भाषा का मध्याम भगवानले दिएका अमूल्य ज्ञानहरु आफ्नो समाजकाे हितका लागि प्रयोग गर्नुपर्छ। किन हजारौं , लाखौं मानिसहरूमा हामी एक दुईजनाले यहाँ पढ्ने मौका पायौं किनभने भगवानलाई हामीमा पूर्ण विश्वास अनि आशा छ कि हामीले भविष्यमा उहाँको सन्देश बाँटेर आफ्नो गाउँ समाज सुधार्छौं भनेर। अनि यसको माध्यम नै हाम्रो भाषा हुनेछ। यसैले अब हाम्रो पालो आएको छ आफ्नो भाषा, साहित्य अनि समाजको रक्षा गर्ने। यसैले म समस्त नेपाली विद्यार्थी अनि भक्तहरूलाई यहि आह्वान गर्न चाहन्छु कि हामी एकजुट भएर आफ्नो मातृभूमिको सेवा गरौं अनि मातृभाषाको रक्षा गरौं र नेपाली साहित्य, संस्कृति सङ्गीतको मध्यमबाट भगवान् श्री सत्य साई बाबाको सन्देश फैलाउँ। हामी यो कुरा नभुलौं कि हाम्रो भाषा साहित्य नै पक्का चिन्हारी हो भनेर। हाम्रा नेपाली साहित्यकारहरू पनि यही भन्नु हुन्छ। नेपालीका एक रत्न बालकृष्ण सम भन्नुहुन्छ -
भाषा हो सभ्यता हाम्रो उदय सारा उन्नति
जीत वैभव भाषामै बाँच्दछन् पछिसम्म यी।
हाम्रो भाषा नै हाम्रो जीत हो। हामीले हाम्रो भाषाको रक्षा गरेर अब भगवानको सन्देश फैलाउने दिन आएको छ। हामीले हाम्रो मातृभूमिलाई अब अर्को प्रशान्ति निलयम बनाउन सक्नुपर्छ। भगवान् भन्नुहुन्छ मलाई मेरा विद्यार्थीहरूबाट केही चाहिँदैन यदि उनीहरूले मेरो सन्देश लिएर आफ्नो समाजको उन्नति गरे पुग्छ म त्यसैमा खुशी हुन्छु। अब हामी विद्यार्थीहरूले भगवानको नामलाई प्रज्वलित गराउनुपर्छ। हामीले हाम्रो समाज एउटा राम्रो समाज बनाएर अर्थपूर्ण जीवन जिउनुपर्छ तब मात्र भगवानको आशीर्वाद मिल्नेछ। यस्तैमा मलाई एउटा सानो पङ्क्तिको याद आयो जहाँ माधवप्रसाद घिमिरे भन्छन्,
नडाकून इन्द्रले स्वर्ग हेर्ने रहर छैन है
तिम्रो सेवा गरि बसूँ मातृभूमि म त सधैं ।
यसैले हामी पनि मातृभूमिको सेवा गरौं अनि भगवानको नाम उज्यालो बनाऔं अनि भगवानलाई खुशी पारौ । अन्तमा मेरो प्रश्न हजूरहरूलाई कि भगवानले हामीलाई यति धेरै दिनुभएको छ के हामी यसको केही भाग समाजलाई दिनसक्छौ? यो प्रश्न गर्नुहोस् हजूरहरू आफैलाई।