सम्पादक मण्डली - श्री कृष्ण सिंह मोक्तान, श्रीमती बिन्द्या सुब्बा, श्री हरि शर्मा पराजुली, श्री विवेक केशर पाण्डे
सह सम्पादक - श्री अर्जुन शर्मा, श्री मनोहर भुजेल
संरक्षक - सुश्री देवी भुजेल
प्रकाशकद्वय - श्री बसन्त प्रधान, श्री आदित्य मोक्तान
कोष संयोजक - श्री प्रणय सुब्बा
आवरण - श्री भुवेस रामुदामु
टंकन अनि सज्जा - श्री सुरज गुरूङ - सम्बोधन पब्लिकेसन - सिलगड़ी
व्यवस्थापक - श्री दीपनारायण प्रधान, श्री बिशाल छेत्री, श्री जोशिब राई, श्री प्रणेष थामी
वेब डिजाईनर - सनिक थापा
भगवान् श्री सत्य साई बाबाको ९१औं जन्म जयन्तीको शुभ उपलक्ष्यमा ‘साईं देखि साई सम्म’-को पक्षबाट यो दिव्य ‘ओम्' प्रस्तुत गरी उहाँको चरण-कमलमा अर्पण गर्ने हामी सबैको निम्ति महान सुयोग तथा स्वयं भगवानको दिव्य अनुग्रह हो।
हाम्रा नवपीढीका विद्यार्थीवर्गले उहाँका अनन्त दिव्य प्रवाह र तरङ्गद्वारा अनुप्राणित भई यस्तो अमूल्य पत्रिका प्रकाशित गर्न सक्नु भगवान् बाबाको असीम आशीर्वादको परिणाम हो। साईं देखि साईं सम्म - को यात्रा 'मदेखिं मसम्म'-को यात्रा हो। भगवान् बाबाले आफ्ना दिव्य सम्भाषणमा नित्य 'दिव्य स्वरूपलारा’ भनी हामीहरूलाई सम्बोधन गर्नु भएतापनि हामीहरू श्रीकृष्णका छायाझै सँगसँगै रहेर पनि सन्देह, नैराश्य, भय तथा मायाको भ्रम जालमा परी स्वयंलाई दुर्बल अनुभव गर्ने अर्जुनझै छौं। स्वामीले हामीलाई अहंकारी म-देखि दिव्य स्वरूप म-सम्म यात्रा गर्ने आदर्श प्रदान गर्नुभयो। हामी अमृतस्य पुत्र-पुत्री भएर पनि क्षणक्षणमा मर्छौं। हामी वास्तवमा अमृत हौं - अजर, अमर अनि दिव्य।
हाम्रा आराध्य स्वामीका अति प्यारा छात्र-छात्राहरूले यस दिव्य पथमा मार्ग निर्देशन गरेका बहुमूल्य पत्रिका ‘ओम्’ साईदेखि साईसम्मले यही उदाहरण प्रस्तुत गर्दछ।
जय साई राम।
स्वामी भन्नुहुन्छ, "मलाई पूर्ण विश्वास गर, ममाथि निर्भरशील बन।"
यही पूर्ण आस्थाका लहर एवं साईमय प्रेम हामी माझ बहँदै आएको पनि नौ दशक पूरा भयो। तबदेखि आजसम्म त्यही प्रवाह चलिरहेको छ - जस्तो प्रारम्भमा थियो - त्यस्तै। मानौं हामी साईदेखि साईसम्मको यात्रामा निरन्तर छौं।
पहिला-पहिला हामी साई दर्शन गर्दथ्यौं, सम्भाषण सुन्थ्यौँ। त्यसपछि उहाँले हामीलाई केही सक्षम बनाइदिनुभयो अनि भगवान को सत्संगमा भजनकीर्तन गर्न थाल्यौँ। बिस्तारै कतिले विद्याबोध गरी साई साहित्य अध्ययन गर्न र लेख्न थाले अनि बिस्तारै सांगठनिक स्वरूपमा प्रवेश गर्न थाले। सेवाकार्य गर्नेभए - माधव र मानवमा एकरूपताको बोध गर्न थाले। पछि पछि स्वामीले आफ्नो विद्यागिरि स्थापना गरी मानव मूल्य को बोध गराए। विभिन्न प्रदेशबाट सनातन शिक्षाको मूल्य बुझेर धेरैले विद्यार्जन गर्न आए। अनि धेरैले यहाँ भगवानको दिव्य अनुग्रह प्राप्त गरी उहाँको प्रतिष्ठानहरूमा सेवा गर्न थाले। हामी न्यून थियौं बिस्तारै साईमय समुद्रमा सबैले गोता लगाउन थाल्यौं। अवसर विभिन्न तर लक्ष्य एउटै लिएर 'साई देखि साई सम्म’को यात्रा पूरा गर्नलाई।
यस्तो अपार करुणामयी भगवान हामी माझ आउनुभयो। यो हाम्रा स्वामीप्रतिको विश्वासले हो। हामी विविध रङ्गका आज एक रंगमा विलीन हुन सक्यौं। त्यो हाम्रो उहाँमाथिको पूर्ण निर्भरताले हो। जे भयो, त्यो भगवान्को परिकल्पना हो। यही क्रममा हामीले त्रिशक्ति बुझ्न सक्यौं, त्रि-गायत्री गाउन सक्यौं, त्रि-लोक हुन्छ भन्ने ज्ञान भयो, त्रि-काल अनि त्रि-देव सबै एकै हुन् भन्ने जान्यौ। यी सबै हामीले जान्न सक्यौं जब हामी साई प्रवाहमा आयौँ। यो मौका भगवान्ले हामीलाई यसरी नै प्रदान गर्नुभयो। आज त्रि-स्तम्भ (Three Pillars Of Sai)-को रूपमा स्वामीले तयार पार्नुभएको उहाँको सांगठनिक स्वरूपमा हामीले पनि भाग लिने सौभाग्य प्राप्त गर्न सक्यौं। आज श्री सत्य साईको त्रि-स्तम्भ स्वरूप (तीन एसहरू) बन्ने सुअवसर प्राप्त गयो। कसैले साई विद्यागिरिमा विद्यार्जन गरी साईं विद्यार्थी बन्ने अवसर पाए अनि धेरैले साई अनुष्ठानहरूमा मानवसेवक रूपी साई स्टाफ भई सेवा पुर्याए अनि धेरै धेरैले स्वामीको शौर्य सेनानी स्वरूप निरन्तर देश विदेशमा स्वेच्छापूर्वक निःस्वार्थ कार्य गरी 'साई सेवा दल’ को आनन्द अनुभव गर्न सके।
यसरी स्वामीले सृष्टि गर्नुभएको त्रिवेणीको समागम हो यो सानो पुस्तिका अनि सबैको साझा आग्रहको रूपमा यो प्रकाशनमा आएको हो। यो समूह 'साई देखि साई सम्म’-को एउटै प्रयास हो- सबैमा धेरै आनन्द अनुभवका बिरुवाहरू छन् ती हामी सबैमा निहित आनन्दका मसिना बीजहरू रोपेर साझा खेती गर्ने। हामीलाई भगवानले जे जे अनुभव गर्न सिकाए ती सबै शिक्षाहरूको रूपान्तरण हो यो।
यो प्रकाशनको सानो प्रयत्न हाम्रो परमप्रिय भगवान को आगामी स्वर्ण जन्मजयन्तीलाई केन्द्र गरी प्रारम्भ गरिएको हो। सबै प्रान्तमा पर्तिको स्वर्ण धर्तीबाट रूपान्तरित ‘नेपाली’ भाषाको भाषिक कोसेली हो यो। अज्ञानतालाई यो दीपले ज्ञानको बाटो देखाइयोस - सबैलाई स्वीकार्य भगवानको अनुभूतिको सीधा संगम होस। आध्यात्मिक परिपाटी परिपूर्तिको क्रममा थप टेवा पुर्याउने कोशिश होस् यो।
भगवान बाबाको दिव्य चरण कमल मा अर्पण यो पहिलो कोसेली पुट्टपर्थी को पवित्र भूमिबाट।
सबैलाई स्वीकार्य होस्। अतः सबैलाई 'साई विभूति’ को कार्य गरोस् यो पत्रिका 'ओम्'-ले।
जय साई राम।
प्रज्ञा प्रधान, शिक्षिका, श्रीमती ईश्वरम्मा हाई स्कूल, पुट्टपर्ति
श्री अनुप प्रधान, जिल्ला सभापति, श्री सत्य साई सेवा सङ्गठन, दक्षिण दार्जीलिङ