सम्पादकीय/प्रकाशकीय
श्री सत्य साई ईन्टट्युट अफ् हायर लर्निङ्ग अनि हायर मेडिकल साईन्सस् भगवान बाबाले आफ्नो माता ईश्वराम्मालाई दिनु भएको बचनलाई पुरा गरेर निर्माण गर्नु भएको जन-कल्याणकारी विश्वको अद्वैत्य दुई नमुना हो- एक निशुक्ल शिक्षा अनि दोस्रो निशुल्क स्वास्थ्य केन्द्र। यी महत कार्यको निर्माण संग-संगै यी अनुष्ठानहरू आज सम्म अविरल नदीझै नथाकी-नबिसाई बहिरहेको छ-चली रहेको छ। एक ले करोडौ असहायको रोग निवारण गर्दै अनि अर्कोले हजारौ-लाखौ बिध्यार्थीहरूलाई निस्वार्थ शिक्षादान गरेर।
२९ जुलाई साल २००९ देखि मैले पनि भगवानको दिव्य औषधाल्य श्री सत्य साई जेनेरल हस्पिटल पुट्टपर्तीमा एक फार्मासिष्टको कार्यभाल सम्भाल्ने भगवानले सुनौलो अवसर प्रदान गर्नु भएको थियो।
त्यही बर्षको २८ सेप्टेम्बर सोमवारको दिन-पहिलो पल्ट दशमीमा दशैको टिका मैले चैतन्य ज्योति म्युजियममा कार्यरत मिरिक निवासी बिट्टु थापा (स्वर्गीय) - संग यहाँको तीन कलेजमा शिक्षार्जन गरिरहेको २३ जना एकै भाषा बोल्ने र आफ्नो संस्कृतिलाई माया गर्ने दार्जीलिग-सिक्किम र नेपालका नेपाली भाषी बिध्यार्थीहरूसंग मनौउने मौका पाएको थिए।
श्री सत्य साई हिल भ्यु स्टेडियमको शान्ती वेदिका छेऊको ग्यालेरीमा यसरी दशैको दशंमीमा भगवान बाबाको आशीर्वाद प्राप्त गरेको रातो टिका र जमरा लगाउने मैलेपनि पहिलो सुअवसर पाएको थिए। यो दिन सबैले घरको समझणामा यहाँको ठुला-बडा सिनियरहरूबाट सानोहरूले निधारमा रातो टिका र कानमा जमरा सिउरिने गर्दछ। यो दिन यहाँ नयाँ भर्ना हुने बिध्यार्थीहरूले आफ्नो अग्रजहरूलाई आफ्नो परिचय आदान-प्रदान गरेपछि नाँच-गाँन-कविता वाचनको केही घण्टा विविध कार्यक्रम हुन्छ।
यो चलन म आउन केही बर्ष अघि देखि र अहिले सम्म निरन्तर चलिरहेको छ। यस दिन बिध्यार्थीहरूले सुनाएको कविता- आफ्नो होस्टेलको अनुभव,भगवान बाबाको शरणमा आएपछि आफुमा आएको परिवर्तनका एक-एक कथा-घटना अविस्मरणीय एवं प्रेरणादायी हुन्थ्यो। तर मलाई यो घटनहरू केवल केही छणको निम्ति र यहाँ मात्र पोखिएर खेरो गएको जस्तो लाग्दथ्यो।
यो तृष्णा एवं ती दिब्य अनुभवहरूको संकलन अहिले सम्म कही कत्तै नभएकोले मैले भगवानलाई यसको संचयको मार्गको निम्ति प्रार्थना चडाउद्थे तर समय बित्दथ्यो साथै धेरै सुनौलो घटनाहरूको दिब्य अनुभवहरू यसरीनै त्यो दिनपछि बिलेर जाने गर्दथ्यो।
साल २०१५ भगवानको नब्बे वाँ शुभजन्मोत्सवको बर्ष, २२-अक्टूबर बिहीबार दशैको यस्तै कार्यक्रमपछि पुट्टपर्ती कलेजको एक बिध्यार्थी सिक्किम निवासी भाइ अर्जुन शर्मा अनि मेरो श्रीमती ईश्वराम्म हाई स्कूलको शिक्षीका श्रीमती प्रज्ञा प्रधानसंग मैले यो बिषयमा कुरा राखे। त्यो भेटघाट हाम्रो यो यात्राको पहिलो शुरूआत थियो। अर्जुन साहित्य प्रेमी, सजग, जिज्ञासु एवं जिम्मादार बिध्यार्थी थियो। यसपछि यो प्रसङ्गको कुराहरू अझै खोलिन थाल्छ।
बिस्तारै तत्कालीन पुट्टापर्ती कलेजमा अध्यनरत् अन्य बिध्यार्थीहरूपनि यो सुझावलाई आत्मसात गरेकोले हाम्रो बिचारको आदान-प्रदान छिटो-छिटो अघि बडन थाल्यो। प्रारम्भिक कालमा आदित्य मोक्तान अनि प्रणय सुब्बा यसको अग्रणी थिए साथै नैतिक तामङ, सनिक थापा, निमेष राई, विशाल छेत्री, दीपनारायण प्रधान,राहुल पोर्तेल, प्रभाकर रसाइली, सन्दिप प्रधान कोही वर्तमान अनि कोही निवर्तमान बिध्यार्थीहरू यो परियोजनामा सहमति दिएर यसलाई अघि बडाउने सल्ला सुझाऊ दिन थाल्छ। पछि बङ्गलोर वृन्दावन कलेजबाट मनोहर भुजेल, सुशिल छेत्री अनि मुर्दनहल्ली क्याम्पसबाट आशिष बिसुन्के, बसन्त निक्कल जस्तो साहित्यप्रेमी सजग साई बिध्यार्थीहरूले ती क्याम्पसको प्रतिनिधित्व गर्दै यो कार्यलाई थप उक्काली सार्नमा सहयोग गरे। समग्रमा सबै साई बिध्यार्थीहरूबाट बिस्तारै सहयोग पाउन थाल्यो।
पुट्टपर्तीमा भगवान बाबाको भब्य जन्ममहोत्सव कार्यक्रमको समापन संगै दार्जीलिग-सिक्किम भेकबाट दिसम्बरको बार्षिक सेवा अनि भगवानको दर्शणमा आउनु भएको हाम्रो अग्रज एवं साई भक्तहरू संग भेटघाटको क्रमतालिक सक्रिय हुन्छ। यही भेटधाटको क्रममा दिनांक २३-नोभेम्बर कालेम्पोङ निवासी साई भक्त श्री बिवेक केशर पाण्डे संग भेटवार्ता हुन्छ।
आईतबार फेरि एक पल्ट हाल पुट्टपर्ती अध्यनरत् बिध्यार्थीहरू संग चर्चाको निम्ति भेट्छौ। यो भेट वार्तामा आगमी बर्ष भगवानको एकानब्बे बर्षको पवनअवसरलाई शुरूवात राखेर भगवान बाबा आधारित आफ्नो अनुभवहरूको संकलन पहिलो साई नेपाली आध्यात्मिक पत्रिका भगवान बाबाको आगमी स्वर्णिम बर्ष १०० लाई केन्द्र गरेर प्रति बर्ष भगवानको जन्मदिवसमा निकाल्ने हाम्रो निस्कर्ष हुन्छ। पत्रिकाको नाम बिषय चर्चा हुदाँ साई बिध्यार्थी अंगू सेवाले यस परियोजनाको नाम "साई देखि साई सम्म" राख्ने दिएको सुझाऊलाई सबैले स्विकार गरे।
दिसम्बर महिनाको सेवा कार्यको निम्ति आएको रोङ्गो निवासी नेपाली साई साहित्यको बरिष्ट सहित्यकार एवं प्रीय गुरूवर श्रद्धेय हरि शर्मा पराजुलीसंग पुट्टपर्ती परिसर गायत्री मन्दिर अघिल्लोपट्टिको सेवा दल सेडमा यो परियोजना बिषयमा मेरो पैतालिस मिनटको भेटवार्ता हुन्छ। सरको सुझाऊ अनि आशिष प्रदान गराउनको निम्ति २१-१२-२०१५ (सोमबार) श्री सत्य साई ब्वाइस होस्टेल पुट्टपर्तीमा साझ गुरूवर हरि शर्मा ज्यूको बिशेष उपस्थितीमा यो परियोजनलाई थप आकार दिन बिध्यार्थीहरू संग छोटो भेट-वार्ता हुन्छ।
क्रिसमस संध्याकालमा नेपाली साहित्यको मुर्द्धन्य साहित्यकार श्रीमती बिन्द्या सुब्बा गुरूमा एवं वहाँको श्रीमान श्रद्धेय श्री पुर्ण सुब्बा ज्यू संग पुट्टपर्ती चित्रावटी रोड़ स्थित साई ईश्वर लज रूम नम्बर - ५०३ (समय ८:३० देखि ९:३० रात्री) मा म अनि प्रज्ञा प्रधान यस योजनाको बारे छलफल गर्न भेट-वार्ता गर्छौ। यस भेटवार्ता पछि गुरूमाले यस कार्यको निम्ति पुर्ण सहयोग गर्ने आश्वासन अनि आशिष प्रदान गरे देखि यो परियोजनाले ससक्त एवं बलियो आधार पाएको हो।
पुट्टपर्ती चैतन्य ज्योति म्युजियम अघि साई हिल-भ्यु स्टेडियमको ग्यालेरीमा हाल सम्मको यस परियोजनको छलफल साथै आगमी भविष्यको रूपरेखा त्यार पार्नको निम्ति साई बिध्यार्थी - साई सेवादल (श्री सत्य साई सेवा समितीको सदस्यगण) - सष्ट्रागण -साई स्टाफहरूको एक सह्रादपुर्ण भेट-वार्तालाप हुन्छ। यस भेटधाटमा यो परियोजनाको भावी रूपरेखा साथै समिति संयोजकहरूले यसबारे आफ्नो सल्ला एवं सुझाउहरू राखे। निसकर्षमा यो एक त्रिसंगम (साई बिध्यार्थी + साई स्टाफ + साई सेवादल को अनुभव संग्रह) परियोजनाको रूपमा अघि बडने सुझावमा आउँछ।
श्री बिजय मंगर ( हाल राज्य सभापति, श्री सत्य साई सेवा संगठन, प ब -२ ) ज्युको बिशेष सल्ला एवं सुझाउको मार्गदर्शन पाएर यो यात्रा आझ सहज बनेर जान्छ। यस भेटधाटमा बिन्द्या सुब्बा, हेमराज सर, भुपाल सर, महेन्द्र प्रधान, अनुप प्रधान अनि अन्य बिसिष्ट साई भक्तहरूको उपस्थिति थियो।
तीन जना सदस्यहरूको पहिलो मोबाइल वाट्स एप ग्रुप "साई देखि साई सम्म"- को निर्माण गरिन्छ। ती ३ सदस्यहरू थिए - बसन्त प्रधान (संयोजक/संचालक), आदित्य मोक्तान अनि प्रणय सुब्बा। हाल ८४ जना यो ग्रुपमा संलग्न सदस्यहरू छन्। पहिलो प्रिन्टिंग सुझाऊ - बिशाल छेत्रीको सुझाऊ आधारमा भुतपुर्व साई बिध्यार्थी सिक्किम निवासी, मुम्बई एक प्रिन्टिंग प्रेसमा कार्यरत श्री राजेश संग प्रिन्टिंगको पहिलो सल्ला सुझाव लिन्छौ।
बिचार बिमर्सको क्रमलाई निरन्तर राख्दै ग्रीष्म कालिन बिदा (अप्रेल-मई) को छुट्टीमा हामी पुट्टपर्तीबाट दार्जीलिग घर गएको बेला यो दिन एउटा फाइलमा १७ वटा नविन रचनाहरूका संकलन बोकेर, सिलगड़ी अगमसिह गिरी नगर पञ्चनदी गुरूवर श्री हरि शर्मा पराजुलीको निजी बासगृहमा पहिलो पत्रिकाको अंकबारे छलफल गर्न एक सानो भेट-वार्तामा भागलिन सरको घरमा पुग्छु। यस भेटवार्तामा गुरूवर हरि शर्मा, श्री विवेक केशर पाण्डे, श्री सुरज गुरूङ (सम्बोधन पब्लिकेसन, सालुगड़ा), साई बिध्यार्थी नैतिक तामङ्ग अनि बसन्त प्रधान अपस्थित थिए।
पत्रिकाको बिभिन्न नामहरूको सल्ला-सुझाव पछि श्री बसन्त प्रधानद्वारा सुझाव दिएको "ओम्" नामलाई सबैले स्विकार गरे। त्यसपछि पहिलो अंक "ओम्" अनि आगमी बर्षको अंकहरूमा सह-शिर्षक थप्दै जाने निष्कर्ष भयो। टंकन अनि सज्जा - श्री सुरज गुरूङ ( सम्बोधन पब्लिकेसन) लाई जिम्मा दिइयो।
भगवान बाबाको असिम कृपाले केही महिना भित्रमा यो परियोजनाको पहिलो संरचना त्यार हुन्छ ।
पत्रिकाको नाम - ओम् ।
पत्रिकको भाषा/विधा - नेपाली / (पुर्ण रंगिन) नेपाली साई आध्यात्मिक पत्रिका।
पत्रिकाको संख्या - ९९९+१
प्रकाशक - साई देखि साई सम्मको पक्षबाट संयोजक एवं प्रकाशकद्वय - श्री बसन्त प्रधान/श्री आदित्य मोक्तान।
प्रकाशन मीति - भगवानको ९१ जन्मदिन २३-११-२०१६।
पृष्ट संख्या - ९१ (हरेक बर्ष एक पृष्ठ थपिदै गएर अन्तिम अंक १०० पन्नाको)
सम्पादन अनि व्यवस्थापन पट्टि - ओम् पत्रिकाको नौ सय निनानब्बे (९९९) प्रति, निर्दिष्ट साई परिवार एवं पाठकवृन्द सम्म पुराउने एउटा ठुलो चुनौती एवं अभिभार थियो हामी सबैको निम्ति।
टंकन एवं सज्जा - श्री सुरज गुरूङ, सिलगडी, अनि पहिलो ५ बर्ष ( २०१६-२०२०) सम्पादक मंडलीको सदस्यगण: श्री हरि शर्मा (सिलगडी), श्री बि के पाण्डे (कालेम्पोङ) अनि श्री कृष्ण सिंह मोक्तान अनि श्रीमती बिन्द्या सुब्बा (दार्जीलिङ) साथै प्रकाशन पक्ष श्री आदित्य मोक्तान अनि श्री बसन्त प्रधान पुट्टपर्तीले अभिभार लिएको थिए भने पछिल्लो ५ बर्ष (साल २०२१ - २०२५) मूल सम्पादक मण्डली - डा आदित्य मोक्तान, डा मनोहर भुजेल, श्री सुशील छेत्री अनि प्रकाशकद्वय - श्री बसन्त प्रधान, श्री निमेष सुब्बाले लिएका छन्।
विश्वको विभिन्न प्रान्तहरूमा यसरी छरिएर बसेको हाम्रो यो सम्पुर्ण टोलीलाई एक जुटमा बाधेर राख्न सकेको थिए त केवल भगवान बाबाको दिब्य अनुग्रहले मात्र। हातमा भएको सानो मोबाइलको भरमा हाम्रो यो संरचना चल्दथ्यो। भेटेर एकसाथ बसेर हामीले यो परियोजनाबारे छलफल गर्न भौतिक रूपमा सम्भव थिएन। रचना संकलन/संरक्षण अनि प्रकाशनको अभिभार मेरो थियो साथै सम्पादक मंडलीको निरन्तर प्रयास अनि गुरूवर श्री हरि शर्मा ज्यु एवं श्री सुरज गुरूङ अनि कार्यनिष्ट युवा आदित्य मोक्तानको अथक परिश्रमको परिणाम स्वरूप ओम् को पहिलो प्रारूप हामीले समयमा बेङ्गलोर छापामा पठाउन सक्षम बन्यौ।
बेङ्गलोर छापाबाट एक हप्तामा ओम् पत्रिकाको एक हजार प्रति त्यार भएपछि ९९+१ पुट्टपर्ती अनि नौ सय सिलगड़ी गुरूवर हरि शर्मा ज्युको ठेकानामा प्रेषित गरियो। ब्यवस्थापन प्रक्रियाको जिम्मावारी कठिन थियो हामी सबैको निम्ति तर श्री सत्य साई सेवा समिति दार्जीलिग अनि सिक्किम राज्यको संयोजक/समन्वय एवं अग्रजहरूको आशिर्वाद एवं पुर्ण सहयोग प्राप्त भएर यो कार्यपनि सुगम अनि सरल भयो। अति अनुग्रही साई बिध्यार्थी एवं साई समितिको मित्र-अग्रजहरूको समुह टोलीले यसको व्यवस्थापन एवं बितरणको जम्मै जिम्मा लिए। पहिलो ७ अंक ओमकार अफसेट प्रिन्टिङ्ग प्रेस बेङ्गलोर अनि रहल ३ अंक सिलगढी, सिस्टमेटिक डिजाइनर्स एन्ड प्रिन्टर्स प्रा. लि. मा यस पत्रिकको छापा अनि मुद्रण हुन्छ।
सठिक समय अनि निर्दिष्ट स्थानमा यो पत्रिकाको व्यवस्थापन अनि बितरण कार्य आज सम्म यसरीनै यथावत चलिरहेको छ।
आदित्य मोक्तान, सुशील छेत्री, जिग्मी लेप्चा, सुरज गुरूङ, अविनाश सुब्बा, अम्बर थापा, कुन्दन राई, निखिल राई, दीपनारायण प्रधान, विशाल छेत्री, जोशिब राई, प्रणेष थामी, योगेश मोक्तान, सफलमणि प्रधान, निमेस सुब्बा, नोर्की यल्मो, रञ्जु राई, बसन्त प्रधान, डि बी सुब्बा, एच आर भट्टराई साथै अन्य धेरै...।
श्री सत्य साई बुक एण्ड पब्लिकेसन ट्रष्ट पुट्टपर्तीका कार्यरत स्टाफ आत्मिय सर श्री राजेश पुजारा ज्यु संग सेप्टेम्बर महिना २०१६ को पहिलो साता यो पत्रिका बिषय केही बिचार-बिमर्स गर्न उनको अफिसमा म अनि श्रीमती प्रज्ञा प्रधान जान्छौ। यो पत्रिकाको परिकल्पना र उद्देश्य बुझेर उनि अति प्रसन्न भएर यसअघिको सबै बाटो उहाँलेनै आझै सहज बनाई दिनु हुन्छ। उनको सुझावलाई आत्मसात गर्दै सम्पुर्ण ओम् को प्रिन्टिङ्गको प्रक्रिया र सुझाउ उनिद्वारानै सुलभ मुल्यमा बेङ्गलोर स्थित उहाँहरूले नियमित किताब छपाउने छापाखाना ओमकार अफसेट प्रिन्टिङ्ग प्रेसमा पहिलो नेपाली साई आध्यात्मिक पत्रिका ओम् को छापा प्रक्रिया अर्को सहयोगी श्रद्धेय श्री शास्त्री सरको देख-रेखमा सम्पन्न हुन्छ।
ओम् पत्रिकाको केही कपि पुट्टपर्तीको किताब पसलमा बिक्रीको निम्ति राख्ने सल्ला राजेस सरले दिनु भए पच्छात यो पत्रिकाको निम्ति ओम् सम्पादक मंण्डली एवं सनातन सारथिको नेपाली सम्पादकको तर्फबाट साई गंगोत्री श्रद्धेय सर कृष्ण सिहं मोक्तान ज्युले दिनांक १९-७-२०१६ मा एउटा एनओसी चिट्ठी प्रेषित गरिदिनु हुन्छ। पहिलो ओम् को ९९९+१ प्रति मध्ये एक कपि पुट्टपर्ती साई कुलवन्त हल, भगवानको चरण कमलमा २३-नोभेम्बर-२०१६ मा अर्पण गरेर ओम् को ९९ कपि पुट्टपर्ती पुस्तक पसलमा बिक्री र रहल नौ सय प्रति दार्जीलिग-सिक्किम मा वितरण गरिन्छ।
ओम् को परिकल्पना भगवानको आशिष एवं निम्न महानुभवहरूको सहयोग बिना साकार हुन सम्भव थिएन। त्यसर्थ हामी सबै उहाहरूप्रति कृतज्ञ्य छौ।पहिलो अंक पत्रिका छापाको निम्ति प्रति दर पाँच हजार रूपिया गरेर १६ सदस्यहरूले सहयोग दान गरिएको थियो। उनीहरू थिए श्री बिजय मंगर, श्री प्रणय सुब्बा, श्री अनुप प्रधान, श्री बसन्त प्रधान, श्री वि के पाण्डे, श्रीमती बिन्द्या सुब्बा, श्रीमती प्रज्ञा प्रधान, सुश्री रञ्जु राई, सुश्री देवी भुजेल, श्री हरि शर्मा पराजुली, श्री आदित्य मोक्तान, श्री जोशिब राई, श्री श्रृजन राई, श्री बिशाल छेत्री, श्री दीपनारायण प्रधान, श्री सागर लिम्बु। पछि आशिष छेत्री (तेस्रो अंकमा), नोर्की यल्मो (छैटौ अंक), अविनाश लिम्बू (सातौ अंक), निखिल राई (सातौ अंक)ले सहयोग राशि प्रदान गरे। हाल सम्म यही संग्रह रासीबाट छापा, बिक्री अनि पुनसंग्रह गरेर ओम् पत्रिकाको प्रकाशन निरन्तरता दिइने गरिन्छ।
हिमाली राज्य सिक्किम श्री सत्य साई सेवा समितिका राज्य सभापति श्री पुनम प्रधान ज्यु अनि श्री सत्य साई सेवा समिति (प. ब. - २) का राज्य सभापति श्री विजय मंगर ज्यु प्रति सतत सहयोग अनि संरक्षणको निम्ति सदैव कृतज्ञता ब्यक्त गर्दछौ।
भगवान बाबाको असिम कृपा प्राप्त साल १९९१ देखि सेवाको निम्ति निरन्तर कार्यलिन श्री सत्य साई सुपर स्पेसियालिटी हस्पिटलको सिनियर परिचारिका (नर्स) सुश्री देवी भुजेलको [भगवान स्वयंले उहालाई बोलाउने गरेको नाम "नेपाली नर्स"] संरक्षणमा यो समुहले यत्तिका बर्ष सम्म कार्य गर्दै आइ रहेको छ। पछि श्रीमति विन्द्या सुब्बा अनि श्रीमति प्रज्ञा प्रधान संरक्षक मण्डलीमा समाविष्ट गरियो। हाल सम्म उनीहरूको कुशल मार्गदर्शन अनि निरन्तर उत्साहले यो यात्रा सहज अनि सुगम भइरहेको छ। सुश्री देवी भुजेलद्वारा प्रदान गरिएको पुट्टपर्ती कन्नरा ब्याङ्क एकाउन्ट, यो योजनमा लाग्ने खर्च लेन-देनको निम्ति उपयोग गरिएको पहिलो ब्याङ्क एकाउन्ट थियो (पहिलो ५ बर्ष) त्यसपछि साई बिध्यार्थी सुश्री नोर्की यल्मो (कार्यवाहक संयोजिका) ले प्रदान गरेको एस बि आई एकाउन्ट आज सम्म सञ्चालित छ।
साल २०११ मा पुट्टापर्तिबाट एम बि ए उतिर्ण गरेर अहिले केन्द्र सरकार अधीनस्थ कर्मचारी साई बिध्यार्थी कालेबोङ निवासी श्री प्रणय सुब्बाद्वारा यो परियोजनामा चाहिने कोषको देखरेख गरियो ( पहिलो ५ बर्ष) त्यसपछि रहल ५ बर्ष सुश्री नोर्की यल्मो कोष संयोजिका रहिन्। यो पत्रिकाको बार्षिक खर्च विवरण हरेक बर्षको अप्रैल महिनामा साई देखि साई सम्मको ग्रुपमा उहाँद्वारा प्रेषित गरिन्छ।
ओम् श्रृङ्खलामा प्रत्येक दोस्रो पन्नामा सुन्दर चित्र बनाउने मुर्द्धन्य चित्रकार साई बिध्यार्थी डा आदित्य मोक्तानको चित्रहरू जस्तै यो परियोजनालाई स्यार-सुसार गरेर आज सम्म यो सुन्दर स्थानमा पुर्याउनमा ठुलो योगदान छ। पहिलो ५ अंक सम्म बसन्त प्रधान अनि आदित्य मोक्तानले प्रकाशन पक्षको जिम्मावारी लिएको थियौ। श्री सुसिल छेत्री अनि श्री मनोहर भुजेल ओम् श्रृङ्खलाको नवदिप सम्पादक मण्डलीका सदस्यहरू हुन। साई बिध्यार्थीहरूको लेख-रचना संकलन एवं सम्पादनको कार्यभार यी होनहार साई युवाहरूले बहन गर्छ। चौथों अंकको निम्ति युवा साहित्यकार श्री सुवास छेत्री "भावुक" पनि सह-सम्पादक मण्डलीका सदस्य भए।
ओम् श्रृङ्खलाको सुन्दर प्ररूप अनि टंकन श्री सुरज गुरूङ, सम्बोधन पब्लिकेसन सालुगडाले सम्पुर्ण अंकमा गरेका हुन्।
संयोजन/प्रकाशन अनि रचना संशोधनको जिम्मा मेरो थियो।
पत्रिका सहयोग राशि (प्रति) - पहिलो ५ बर्ष - रू ८० ( २०१६-२०२०), अनि दोस्रो ५ बर्ष - रू १०० ( २०२१-२०२५) को रूपमा पत्रिकाको सहयोग राशि तोकिएको छ।
ओम् को पहिलो कभर डिजाइनर एवं लोगो श्री भुवेस रामुदामु अनि त्यसपछिका डिजाइनर समुहमा - श्री आसिष बिसुन्के, बसन्त शर्मा अनि सुमिरण तामङ्ग सबै साई बिध्यार्थीहरू हुन्। हाल ५ अंकको नियमित कभर डिजाइनर नेपाल धरान निवासी साई विध्यार्थी श्री आशिष बिसुन्के हुन्।
यस समुहको बिविध समाचार सन्देस अनि भगवान संग सम्बन्धित रचना-सन्देस अनि भिडियोहरू बिश्वको नेपाली भाषा बोल्ने र बुझ्ने साई भक्तको हर घर-घरमा पुर्याउने संकल्प लिएर वर्तमान समयानुसार तक्निकीको उपयोग गरेर साई देखि साई सम्मको फेसबुक अनि यु-ट्युब पेज श्री आदित्य मोक्तान अनि श्री बसन्त निक्कलको देखरेखमा साल २०१८ देखि हाल सम्म सञ्चालित छ।
श्री सत्य साई पुट्टापर्ती क्याम्पसको एम टेक अध्यनरत बिध्यार्थी श्री सनिक थापाले पहिलो यो वेब पेजको सृजना गरेका थिए। पछि कतिपय तकनिकी कारणले यो वेब पेज सक्रिय सञ्चालन नभएपछि भगवान बाबाको अनुग्रहले पुनः बर्ष २०२० मा साई बिध्यार्थी श्री बसन्त निक्कलको पुनः प्रयासमा ५-जुलाई-२०२० आइतबार गुरूपुर्णिमाको पवन अवसरमा यो समुहको पहिलो आधिकारिक गुगल वेब पेज www.sai2sai.in नामले सर्वसाधारणको निम्ति प्रकाशित गरियो। यो वेब साईटबाट आज सम्मको ओम्/साई देखि साई सम्मको सम्पुर्ण जानकारी एवं पत्रिकाको सम्पुर्ण अंक, सबैको निम्ति उपलब्ध गर्ईएको छ।
पत्रिका आध्यात्मिक साहित्यको एक विधा भएकोले यसको सहि संयोजन अनि संरक्षण गर्न हामी नवोदित कलमकारहरू सायदै असमर्थ हुने थियौ होला यदि संरक्षकको रूपमा हामी संग भगवान 'साई 'स्वयं नउभिएको भए! कलम हाम्रो भएतापनि मसी साईको थियो, शब्द हामीले कोरे तापनि भावना उनले भरेको थियो। १० बर्षमा रचना संकलन, सम्पादन, व्यवस्थापनमा कहि-कत्तै बाधा अनि संकट न आइपुग्नु भनेको - उनको यो पुर्ण अनुग्रह हो। आफ्नो भाषा साहित्य प्रति प्रगाढ माया अनि सम्मान भएतापनि नवोदित युवा टोली यो कार्यको निम्ति नयाँ अनि अपरिपक्क थिए। तर साईले अपरिपक्कतालाई परिपक्कता अनि सिकारूलाई यही कार्यमा दक्ष गराए। यादै भएन, कसले कसरी लेख सम्पादन गरे , संयोजन गरे अनि प्रकाशन ...!
हामी जस्तो मसिनो हातहरूलाई कलमकारको रूपमा उभ्याउन सहयोग गर्नु हुने दक्ष,परिज्ञाता अनि सुहृदयी गुरुहरूलाई नमन गर्दछौ। गुरूवर हरि शर्मा, गुरूमा विन्द्या सुब्बा, सुरज गुरूङ यसको निम्ति धन्यवादका पात्रहरू हुन्। हरेक अंकमा केवल एक फोन कलको निवेदन स्वीकार गरि संधै रचना प्रेषित गरिदिने सबै कलमकारहरू प्रति पनि आभार। भगवानको सुवाक्य ओम् को सानो पन्नाहरूमा भर्नको निम्ति आफ्नो सम्पूर्ण संग्रह पठाई दिनु हुने डि बी सुब्बा (सिक्किम), आदित्य मोक्तान प्रति नमन।
पुट्टापर्तीको पावन धर्तीबाट प्रकाशित हुने पहिलो नेपाली साई आध्यात्मिक पत्रिका ओम् श्रृङ्खलाको आज १० औ अनि अन्तिम अंक प्रकाशित हुँदैछ तर अझैपनि हामी यो कसरी सम्भव भयो भन्ने प्रश्नोत्तर खोजीमै...! यो परियोजना साईको थियो यसैले यसको समर्पण अनि श्रेय पनि उनिलाई नै...!
हरेक बर्ष भगवानको जन्मदिवस २३-नोभेम्बरमा ओम् पत्रिका को अंक भगवानको चरण कमलमा अर्पण गरेर बिभिन्न क्षेत्रहरूमा बितरण गरिन्छ अनि सोही किताबको सफ्ट कपी २४-अप्रैल आराधना महत्सवको दिन साईदेखिसाईसम्मको आधिकारिक वेब पेज वाटस् एप/फेसबुक पेज अनि बर्ष २०२० देखि यो ग्रुपको आधिकारिक वेबसाइट www.sai2sai.in मा निशुल्क सबैको निम्ति अपलोड गरिन्छ।
ओम् पत्रिका, शुरू देखि आजसम्म (१ देखि १०) प्रकाशित अंकहरूका विवरण निम्न प्रकारले छन् -
ओम् (२०१६),
ओम् - स्वर्णभूमि (२०१७),
ओम् - प्रतिध्वनि(२०१८),
ओम् - प्रेमामृत (२०१९),
ओम् - सारथि (२०२०),
ओम् - अनन्तः (२०२१),
ओम् - अनादि (२०२२),
ओम् - आराध्य (२०२३),
ओम् - आनन्दम् (२०२४), अनि
ओम् - स्वर्णिमा(२०२५) अन्तिम अंकको रूपमा ।
अन्त तिर ...
१० बर्ष अघि (२३-११-२०१६) एक दिव्य संकल्प लिएर शुरू गरिएको यो परियोजना यस बर्ष (२३-११-२०२५) भगवान श्री सत्य साई बाबाको दिव्य शतवर्षिकी भव्य समारोहमा पुर्ण भएर समापन हुँदैछ। एक दशकमा हामीले भगवानलाई समर्पण गर्न सकेको हाम्रो ९+१ आस्थाको प्रतीक हो - यो ओम् श्रृङ्खला। हामीले भगवानलाई अर्पण गर्न चाहेको हाम्रो प्रार्थना अनि कोशेलीको पुष्पाञ्जलि हो यो - श्रृङ्खला।
पहिलो बर्ष ९१ पृष्ठ संख्या - भगवानको ९१ जन्मदिवसमा शुरूवात गरेर प्रति बर्ष १ पृष्ठ जोडिएर आज शतबर्षिकी भगवानको जन्मोत्सवमा 'ओम्-स्वर्णिमा' १०० पृष्ठ संख्याले परिपूर्ण हुँदैछ। यो एक पत्रिका मात्र नभएर एक समर्पण हो - अवतारको शताब्दी जन्मोत्सवको निम्ति हामी सबैको। अन्तमा सम्पूर्णमा ओम् श्रृङ्खलाको यो अन्तिम अंक स्वीकार्य होस् भनि प्रार्थना गर्दै आभार ब्यक्त गर्न चहान्छु।
शुभजन्म दिनम् तुभ्यम्
शुभजन्म दिनम् तुभ्यम्
शत् बर्ष जन्मोत्सवम्
ओ! साई राम्, ओ! साई राम।
जय साई राम।
- बसन्त प्रधान
संयोजक एवं प्रकाशक