सनिक थापा
पुवोङ बस्ती, दार्जीलिङ
साई विश्वविद्यालयमा पढ्ने चाहना पहिल्यैदेखि भएकाले मैले अरू कुनै विश्वविद्यालयमा भर्ना लिइन। स्वामीको अनन्त प्रेमको फलस्वरूप मैले यहाँ पढ़ने मौका पाएँ। यसरी एक हप्ता बितेपछि धेरै नेपाली दाजुहरू सँग चिनाजाना भयो। यसरी हामी पहिलो वर्षमा भर्ना लिएका नेपाली विद्यार्थीहरूको भेटघाट हाम्रा उच्च कक्षमा पढ्ने दाजुहरु सँग भयो। त्यसै भेटघाटमा हामीलाई एउटा यस्तो ठाउँबारे उनीहरूले बताए, जसबारे सुन्नमा नै अति आनन्द पाउन सक्यौँ । त्यस ठाउँमा एउटा सानो प्राथमिक पाठशाला छ, जसमा मलाई लाग्छ कि संसारको सबभन्दा साना साना, सबैभन्दा सुशील अनि अति नै विनम्र नानीहरू पढ्ने गर्छन्। एउटा सानो गाउँ जहाँ एउटा पक्का सड़क छैन, जहाँ तक्निकी विज्ञानले आफ्नो घर बनाएको छैन तर त्यहाँको वातावरण महसूस गरेर हेर्दा यस्तो लाग्छ कि सायद त्यहाँ भगवान् स्वयंले बास गर्नु भएका छन्।
त्यस ठाउँमा साई विद्यार्थीहरू वर्षेनी जाने गर्छन् अनि साई विश्वविद्यालयमा भर्ना भएपछि म पनि यस सुनौलो अवसरको हिस्सा हुन पुगें। स्वामी स्वयं यस कार्यदेखि अत्यन्त खुशी थिए अनि सबैजनालाई आशीर्वाद दिएका थिए। भगवान् भन्नुहुन्छ “सेवा नै धर्म हो", "मानव सेवा नै माधव सेवा हो'", "प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्नेहातहरू असल हुन्छन्।" स्वामीको सङ्गठन नै श्री सत्य साई सेवा सङ्गठन हो त्यसैले उहाँले सेवालाई अति नै प्राधमिकता दिनुभएको छ अनि आफूले स्वयंलाई नै सारा जीवन गरीब, दुःखीका सेवामा अर्पण गर्नुभएको छ। उहाँले प्रवचन मात्र नभएर आफूले भनेका कुराहरूलाई साँचै आफ्नो जीवनमा अप्नाएर देखाउनु भएको छ। यति ठूलो शिक्षा मानव जातिलाई दिनुभएको छ।
स्वामीले दिनु भएको यस्तै शिक्षाहरुलाई हामी उहाँका विद्यार्थीवर्गले आफ्नो जीवनमा पनि अप्नाउने प्रयास गरेका छौं। त्यसै प्रयत्नमा हामी नेपाली दाजु-भाइहरू जसले आफ्ना शिक्षा स्वामीका विश्वविद्यालयमा आर्जन गरिरहेका छन्, हामी साङ्से गएर स्वामीले हामीलाई दिनुभएका माया गाउँका ती मानिसहरूसँग, ती स-साना नानीहरूसँग बाँड्ने गर्दछौं।
यस्तो प्रश्न पनि उठ्न सक्छ, यी सब गरेर हामीले के पाउछौ त? मेरो व्यक्तिगत अनुभव अनुसार म यही भन्न सक्छु कि हाम्रो हृदय सन्तुष्ट हुँदछ स्वामीबाट अझ पाउन नसकेको प्रेम बाँडेर अनि लिएर। जुन प्रकारको सुख आनन्दहामी त्यहाँ गएर पाउँछौं, शायद त्यो आनन्द प्रशान्ति निलयममा मात्र पाइन्छ। जहाँ स्वामीले आफ्नो असीमित करूणा प्रदान गर्नुभएको छ।
स्वामीले सधै आफ्ना विद्यार्थीगणलाई कलेजको छुट्टीमा सेवा गर्ने आदेश दिनुहुन्छ। मानव जातिको सेवा नै उसका लागि एक उत्कृष्ट कार्य हो। त्यसर्थ, हामी पहाड़ी साई विद्यार्थी वर्षेनी कालेबुङ साङ्से इलाकाको खर्क गाउँमा गएर सेवा गर्ने गछौं। यसरी ग्रीष्मकालको छुट्टीमा साङ्से जाँदा हामीलाई यो अनुभव भयो कि वास्तवमा हामीले मात्र सेवा गरेका होइन रहेछौ, उनीहरूले पनि हामीलाई सेवा गर्दा रहेछन्। यसैकारणले हामीले यस कार्यक्रमलाई एउटा नयाँ नाम दिएका छा "फेस्टिबल अफ् डिभाइन लभ एवं 'दिव्य प्रेमको महोत्सव'।
साङ्सेको यो गाउँ अति नै सुन्दर ठाउँ हो जहाँ मानिसले आफूले आफूलाई प्रकृतिको अति नै नजिक पाउन सक्छन्। सकारात्मक वातावरण, स्वच्छ हृदय भएका मानिसहरू बास गर्नेठाउँ हो साङ्सेको को यो गाउँ। स्वामीको माया बाँड्न जाँदा अनेक कुराहरू सिक्ने मौका हामीले पाउँछौँ। जीवन कसरी जिउनुपर्ने, अत्यन्त सरलता र सुशीलतासँग यी कुराहरू सिक्न पाइन्छ।
हामी पहाड़ी साई विद्यार्थीगणको सपना छ साङ्सेमा एउटा उच्च शिक्षा केन्द्र स्थापित होस्, जहाँ पहाड़का नानीहरू निःशुल्क रूपमा पढ्न पाऊन् जसरी हामी अहिले पुट्टपर्ती, वृन्दावन, मुद्दनहल्ली र अनन्तपुरमा निःशुल्क विद्या आर्जन गरिरहेका छौं।
भगवानले हामीलाई यत्रो माया दिनुभएको छ। त्यसर्थ, हामीले पनि समाजलाई केही सहायता गर्न सक्नुपर्छ र हामीले साङ्सेलाई सकेसम्म सहायता पुर्याउने छौं भनी ठानेका छौं। यही कारण हामी जति पनि पहाड़ी साई विद्यार्थीगण छौ, एक-एकजनाको भूमिका अति नै महत्त्वपूर्ण छ। हामीले साङ्सेलाई अलि अलि गर्दै एक दिन प्रशांति निलयम झैं बनाउनुछ। त्यसका लागि जति पनि यहाँबाट उत्तीर्ण भएर गएका विद्यार्थीहरू छन्, वर्तमानमा जतिले पनि यहाँ पढ्दै छन् अनि जति पनि भविष्यमा स्वामीको अनन्त करुणाद्वारा यहाँ साई विश्वविद्यालय मा पढ्न आउनेछन्, यी सबैजना 'हाम्रो आफ्नो संसार' र 'साइनो संगठनका अङ्ग बन्नेछन् अनि साङ्सेलाई प्रशान्ति बनाउनका लागि हातमा हात मिलाएर जुट्ने छन्। यस कार्यमा स्वामीले हामीलाई आशीर्वाद दिइरहनु भएको छ अनि दिइरहनु हनेछ। स्वामीको दया अनि प्रेम हामी साई विद्यार्थीहरूद्वारा साङ्से अनि अन्य ठाउँहरूमा पनि प्रवाहित भइरहनेछ।
अन्तमा हामी साई विद्यार्थी हुनको नातामा हाम्रो भूमिका लाई हेर्न पर्दा मलाई एउटा सानो उदाहरणको व्याख्या गर्न मन लाग्छ, हामी साङ्सेको त्यस गाउँलाई एउटा ठूलो बिल्डिडको रूपमा हेरौं । त्यो बिल्डिङ अहिले तयार हुँदैछ। यो बिल्डिङ फाउण्डेसन हो हाम्रा भूतपूर्व विद्यार्थीहरूको सङठन 'साइनो'।अब फाउण्डेसनमाथि ईटाहरू जोडिने छन्। ती ईंटाहरू हुन् हामी एक-एकजना साई विद्यार्थीहरू। अब ती ईटाहरूलाई जोडेर एकदम दह्रिलो बनाउने वर्षेनी साङ्सेमा गर्ने कार्यक्रमहरू जसले हामीलाई एकअर्कासँग बाँधेर अझ एक-गहिरो सम्बन्धमा परिणत गर्नेछ। अब हामी यही हेरौं कि हामी एक-एक साई विद्यार्थीको भूमिका कति महत्वपूर्ण रहनेछ। अनि एउटा बिल्डिङ निर्माणको अन्तमा लगाउने छानो अनि यो छानोलाई म स्वामीको अनन्त प्रेम, अनुग्रह र करुणासित तुलना गर्छु जसले संसारमा कुनै पनि कुरा सम्भव हुनसक्छ। र यो छानो पाउनका लागि हामीले हाम्रो तर्फबाट मेहनत गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ, ईटाहरूको उचाई बढ़ाउनुपर्छ अनि भगवान लाई आफ्नो बनाउनुपर्छ। यसरी साङ्सेको निर्माण पूर्ण हुनेछ। साङ्से एउटा शुरुवात हुनेछ अनि त्यसपछि भगवानको अनन्त कृपाले हामीले त्यसरी नै निर्माण भइसकेको साइसे अन्यत्र धेरै ठाउँहरूमा बनाउँदै जानेछौं।
जय साईं राम!