अजनिश राई
दार्जीलिङ
"एकजना मान्छेको गाउने इच्छाले सैकड़ों मानिसका कानहरूलाई यातना नहोस्।"
यसले भन्दछ व्यङ्ग्यात्मक यस उक्तिले। यद्यपि, यस आदर्शवान विचारलाई सुनेर विश्वभरिका भजन मंडलीहरुमा रहेका भजन अगुवाइ गर्ने गायकहरूलाई सहन गर्न तथा उनीहरूलाई सम्हाल्न यस उक्तिलाई ठिकसँग प्रयोग गर्न सकिनेछ, जसले आफ्ना सीमाहरूलाई बुझेका छैनन्।
साई भजनहरू क्लासिकल (शास्त्रीय) रसमा गहिराइभित्रै जरा गाड़ेर बसेका छन्। त्यसर्थ, थोरैमा भन्नु हो भने यदि गायकहरूमा सङ्गीतको बाहिरी (अलि-अलि) आवश्यकबारे जानकारी नभए, तिनीहरूले गाएका भजनहरू सकारात्मक हुँदैनन्।
राम्ररी प्रस्तुत गरिएका एउटै भजनको प्रभाव पनि अत्यन्त गहिरो हुनसक्छ, अनुकम्पन (भाइब्रेसन) अनि ऊर्जा दुवै नै सकारात्मक र उत्साहवर्धक हुनसक्छ। अनि बिना लय र ताल का भजन गायनको ठिक विपरीत प्रभाव हुँदछ।
भजन मंडली तथा समितिहरूमा भक्तहरू आउँदछन् असल अनुकम्पन र शान्ति पाउनलाई। यस सत्यलाई बुझेर समिति तथा भजन मंडलीका आयोजकहरूले यो दायित्व पनि बहन गर्नुपर्दछ कि उम्रदै गरेका युवा गायकहरुलाई असवर दिंदा-दिंदै पनि उनीहरूका गायकीको कारणले भजन केन्द्रमा आउँदै गरेका साधारण भक्तहरूलाई आउनमा अवरोध गरिदिनु हुँदैन।
यी तीनै प्रत्यङ्गहरू राग, ताल अनि भाव, भजनको निम्ति अति आवश्यक छन्। उदाहरणको निम्ति एउटै प्रत्यङ्ग 'भाव' एक्लैलाई मात्र सांगीतिक लयबद्धता एवं आत्मोत्थानमा अनुवाद गर्न सकिन्न। यदि व्यक्तिको भाव साँचो छ भने उसले स्वयंलाई आत्मा अनुशासनको कोर्समा दाखिला गराएर, भजन गायनको गहन साधनामा आफूलाई जुटाउनेछ। यस्ता अनेक दृष्टान्तका क्षणहरू छन् जहाँ स्वामीले मेरा लागि विशेष शब्दहरूका उचारणलाई सच्याइदिनु भएको छ। सही उच्चारण, लवज अत्यन्त अनिवार्य हुँदछ सही अनुकम्पन, सही सन्देश एवं सही अर्थ खोल्नमा। भजनलाई अगुवाई गर्नु भनेको वाहन चालक (ड्राइभर)को कामजस्तै हो। आफूलाई एक झुण्ड मान्छेहरूलाई सुरक्षित गन्तव्य स्थलमा पुयाउने कर्तव्य सुम्पिएजस्तै हो यो। ड्राइभरले यात्रुको आराम, सुरक्षा अनि अन्तमा त्यस यात्राको लक्ष्यसम्म पुग्ने पनि बीमा गरेको हुनपर्दछ। त्यसो र हामी स्वयं पनि अनुभव नभएको चालकले गाड़ी चलाउन बसेको चाहँदैनौं उसरी नै हामीलाई अनुभवहीन भजन गायकले हाम्रो भजन यात्रामा आनन्दपूर्ण क्षणको कुनै ग्यारेन्टी अथवा आश्वासन दिन सक्दैन।
त्यसोस्ले भजन गायनमा प्रशिक्षणको आवश्यकताको कुरो उठ्दछ। भजन दिशा निर्देशकरूलाई अनुसरण गरिनुपर्ने आवश्यकताहरू आइपर्दछ अनि भजन झुण्डका सदस्यहरूका स्वास्थ्यलाई बुझनु पर्ने आवश्यकताहरुको पनि प्रसङ्ग आउँदछ।
एकातिर, यो पूर्णत्व प्राप्त गर्ने सङ्घर्ष हो। अनि अर्कोतिर, नवोदित युवा भजन गायकहरूलाई उत्साह दिनलाई वर्तमान स्थितिमा अथवा अहिलेको सुस्त प्रगतिमा साहै कठोर र आलोचनात्मक दृष्टिकोण नराखिनु पनि परम आवश्यक ठहरिन्छ।
"अन्यहरूप्रति अनि स्वयंप्रति पनि करुणापूर्ण हौ" - सामुदायिक क्रियाकलाप स्वस्थ सम्बन्ध कायम राख्ने यो एउटा उत्तम उपाय हो। प्रशान्ति भजनमा भाषा पक्ष पनि एउटा समस्या हो जसको सम्मुखीन बन्नुपर्दछ हामीले। भजन मंडलीको प्रत्येक एकाइहरूले गाइनुपर्ने भजन विषयमा स्वयंले नै तय गर्नुपर्दछ कस्तो वा कुन भजन गाउने तर प्रशान्ति र भजन गायनको उद्देश्यलाई राम्ररी बझेर। व्यक्ति को साँचो मार्ग दर्शक हो, उसको आफ्नै चैतन्य।