विकास लामा
दार्जीलिङ
हाल - भेङकोभर (क्यानाडा)
चिरकाल अनि समयको गर्भदेखि नै मनुष्यले सुख र शान्तिको कामना राख्दछ। हाम्रो माझमा अवतारको उपस्थिति रहनुको अनगन्ती फायदाहरूमध्ये एउटा यो पनि हो कि उहाँले हामीलाई सुख हासिल गर्नेमाध्यमहरू सुविधापूर्ण द्रुत अनि निश्चित बनाइदिनुहन्छ। संसार वरिपरिका करोडौं मानिसहरूले त्यस्ता असङ्ख्य बाटा (माध्यम)हरू प्राप्तिको अनुभव गरिनै रहेका छन्। हाम्रो युगका अवतार भगवान बाबा हामीलाई सच्याउन अनि सुख-शान्ति अनि आध्यात्मिक उन्नतिको निम्ति दिशाबोध गरिनै रहनुहुन्छ।
श्री सत्य साई इन्स्टीट्युट अफ हायर लर्निंगमा मेरो प्रथम वर्ष थियो, हाम्रो वार्षिक खेलकुद जमघटको महिनौँ लामो अनि व्यस्त तयारीपश्चात् भखरै त्यसको समापन भएर फेरि हठात् हामीलाई पुस्तक र नोटसहरूको अथाह विस्मृतिमा हुत्याइयो - अन्तिम सेमिस्टर परीक्षाको लागि। यो अन्तिम सेमिस्टर परीक्षाको आगमनले समग्र छात्रावासमा एउटा कम्पन दौड़ाएको थियो तर सँगसँगै केही सूर्यरश्मिको उज्यालो पनि। त्यस परीक्षाको अन्धकार तुवालु पछिको घामको उज्याला किरणहरू थिए अन्तिम सेमेस्टर परीक्षा पश्चात हुने सबै विद्यार्थीहरूको लामो छुट्टी (विदाई) जसको सतही अर्थ अंतिम दिन को परीक्षा पश्चात 'घर जाने दिन।
एक दिन छात्रावास कोठामा अध्ययन घड़ीको निःस्तब्य मौनतामा कसैले उच्छवाससँगै बोल्यो 'घर जानलाई ५० दिन मात्र रह्यो।' त्यसपश्चात् लगातार त्यस्ता सुखद् उद्घोषणाहरू प्रत्येक दिन सुनिन थालिए- 'घर जानलाई ४९ दिन रह्यो... ४८ दिन.... ४१ दिन इत्यादि। एक दिन मैले कोठाको एउटा भित्तामा एउटा सानो कालो कागजको टुक्रा टाँसिएको देखें। नजिकबाट हेर्दा देखियो लेखेको, 'उल्टो गन्तीको तालिका (काउन्ट डाउन चार्ट)। त्यो एउटा क्यालेण्डर थियो जसमा 'घर जाने दिनको रहल गन्ती' थियो प्रत्येक दिनको अन्तमा x चिन्ह लगाइएको थियो। क्यालेण्डरमा लगाइने यस्तो चिन्ह ठिक अन्तिम परीक्षा सक्ने दिनबाट यसो ३० दिनहरूबाट थालिएको थियो। अति प्रतीक्षा गरिएको त्यो महत्वपूर्ण दिन बल्ल आइपुग्यो। त्यस क्यालेण्डरमा देखाइएको अन्तिम दिनमा, अन्तिम x चिन्ह पनि लगाइए, अब त्यहाँ 0 (शून्य) दिन रहल घर जाने' स्पष्ट थियो अनि हामी एकअर्कामा बिदाइको शुभेच्छा आदान प्रदान गर्न लाग्यौ। त्यसपश्चात् हामी सामान बाँध्न लाग्यौं घर जानलाई।
समय उड्यो, दुई महिनापछि गृष्मकालीन बिदा सकेर फर्केर आइपुग्यौं अनि हामीले हाम्रो छात्रावासको व्यस्त जीवन पुनः प्रारम्भ गर्यौँ। केही महिनापश्चात् फेरि हामी मध्यवर्ती सेमिस्टार परीक्षाको चपारोमा थियौं अनि त्यसपश्चात्को छोटो शीतकालीन बिदाको तयारी, ठिक भगवानको जन्मोत्सवभन्दा केही अघि। यसपालि मैले बिदामा नजाने योजना बनाएँ। बरू अन्य अल्प विद्यार्थीहरूसँगै यतै बसेर भगवानको परम सान्निध्यको अवसर पाउने विचार लिएँ।
एउटा सुन्दर सांझ म निलयमको वरण्डाको भी.आइ.पी.-हरू बस्ने कुनामा बसेको थिएँ। स्वामी केटाहरूसँग कुराकानी गर्न थाल्नुभो। अचानक स्वामीले मलाई, धेरैजना भी.आइ.पी.-हरू बसेको दिशातिर बोलाएर सोध्न थाल्नुभो कि म कहाँबाट आएको हुँ, कलेजमा म के अध्ययन गर्दैछु अनि अन्तिम प्रश्न"के तिमी घर जाँदैछौ?" मैले जवाफ दिए -"जाँदिन स्वामी।"
आँखामा एउटा कटाक्ष मुस्कान लिएर भी.आइ.पी.-हरूका ठूलो जमाततर्फ हेर्दै भन्नुभो,"हाम्रा विद्यार्थीहरूलाई हेर, उनीहरू छुट्टीमा पनि आफ्नो घर जान चाहँदैनन्, तिनीहरू स्वामीसँगै बस्न चाहन्छन्। तर बाहिरका कलेजहरूमा, छुट्टी प्रारम्भ हुनुभन्दा धेरै अघिदेखि नै उनीहरू उल्टो गन्ती तालिका बनाउन थाल्दछन्।
त्यस दिनदेखि यता मैले कहिल्यै पनि घर जाने दिनहरू गनिन तर आज म यो लेख लेख्दै गर्दा घर जाने दिनहरूको तालिका (उल्टो गन्ती) बनाउदै छु त्यो घर जो सर्वोच्च शान्तिको घर हो - प्रशान्ति निलयम मलाई अलिकता पनि थाहा थिएन मेरो वास्तविक घर कहाँ हो? तर त्यो दिन भगवानले मलाई जनाइदिनुभो - घर त्यहीं हुन्छ, जहाँ हृदय हुँदछ।