प्रणय सुब्बा
कालेबुङ
हाल - नई दिल्ली
कृतज्ञ छु म मेरो सुन्दर जीवनको निम्ति मेरो आमा-बाबाप्रति
आभारी छु मेरो सुखी परिवारको निम्ति हाम्रो भगवान् श्री सत्य साईं बाबाप्रति।
जब माता पिता लाई थियो मेरो भविष्यको डर,
तब हे देवी-देवता! हजूरहरूले नै दिनुभयो भर,
उनीहरूको भय गरिदिनुभयो तपाईंले क्षय,
जब मलाई अवसर दिनुभयो देख्ने तपाईंको त्यो महाविद्यालय।
प्रेक्षागृह कुलवन्तको महाविद्यालय अनि छत्रावासभित्रै रहन्थ्यो सँधै व्यस्त-व्यस्त,
आ-आफ्नै कार्य विशेषहरूमा सदैव रहन्थ्यौँ मस्त मस्त।
भाग दौड़धूप गर्न पर्दथ्यो
बेस्कन बिहानको ओमकारम् सुप्रभातमदेखि रातको दस बजेसम्म
प्रारम्भमा हरेश खाएर सोंच्दथें यस्ता क्रियाकलाप गर्नुपर्नेहो कहिलेसम्म?
बिहानैको पोल्ने घाम र तातो हावाले आफ्नो कालेबुडको शीतल हावाको तिर्सना लाग्दथ्यो,
भगवानको दर्शन अनि प्रशान्तिको शान्त वातावरणले तर
मेरो मन भुलिन्थ्यो। त्यसै त्यसै मेरो मन भनिन्थ्यो
इडली, साम्बर अनि रशमले सर्वाङ्ग नै पारिदिनध्यो अमिलो,
छोला, बटोरा, पनिर अनि गोबी मन्चुरियन् सधैँ पाइए सोंच्थें,
जीवन हुन्थ्यो कति सजिलो
खेलकुद समागम, ग्राम सेवा अनि जन्मदिवस महोत्सव स्वामीको,
छन् यस्ता धेरै रमाइलो क्षणहरू,
हरेक साल सम्झना बनी
झल्झली आउँछ बितेका ती सब रमाइला पलहरु।
पाँच वर्षसम्म थिएँ म आफ्नो घरदेखि धेरै टाढ़ो,
तर चितिगए ती समय पनि कति यस्तो चाँड़ो।
प्रेरित हुन्थ्यौं हामी हाम्रा शिक्षकहरूको व्यवहार देखेर,
नम्रता, अनुशासन, त्याग अनि भक्तिभाव कहिल्यै सिकाइन सकिन्न कुटेर
अल्लाह, यीशु, नानक, जराथ्रुस्त, बुद्ध अनि महावीरको नामले तपाईलाई मान्छौं हामी,
तर सत्य, धर्म, शान्ति, प्रेम अनि अहिंसाको मार्गमा चाहि किनकिन हिंड्न मान्दैनौ तिमी हामी।
सर्वशक्तिमान, सर्वव्यापक अनि सर्वज्ञ ठान्छु तपाईलाई
आफ्नो जीवनयात्राको पथ प्रदर्शक मान्छु हजूरलाई।
मेरो जीवनमा पनि कहिले घाम त कहिले छाया
सन्तुष्ट र धन्य छु पाई हजूरको अगाध माया।
यस जीवनकालमा जेजस्तो छु हजूरकै दैवी कृपाले छु
अन्तिम श्वास रहुन्जेलसम्म हुदयबाटै हजूरप्रति कृतज्ञ सधैं रहने छु।