वेदान्त मंगर
प्रशान्ति निलयम (विद्यार्थी)
कसैले सठीक उद्धत गरेका थिए "प्रोत्साहनले निर्भीक बनाउँछ।" यस कथनलाई सत्य प्रमाणित गर्छ हाम्रा प्रिय साईका क्रियाकलापहरूले जसले सम्पूर्ण मानव जातिको पोषण गर्नुका साथमा उनीहरूलाई प्रेरणा दिएर सबैलाई प्रेम गर्नेर समाजको सेवा गर्ने उत्साह प्रदान गर्नुहुन्छ।
प्राथमिक स्तरदेखि नै उहाँको शिक्षा संस्थानमा पठन-पाठन गर्न अति उत्तम सौभाग्य प्राप्त भएकाले एक दुष्ट ठिटोदेखि म एक धेरै उत्तरदायी युवा भएर बढ्न सकें । यदि यहाँ नभएर बाहिर कतै मैले अध्ययन गर्नु परेको भए मेरो अवस्था कस्तो हुनेथियो होला, म त्यसको कल्पना पनि गर्न सक्दिन। सबैले भन्छन्, चमत्कार सबैमाथि हुने गर्दैन, म त्यो त जान्दिनँ तर मेरो भने खुबै मीठो र सुस्पष्ट संस्मरण छ, जुन घटना म पहिलो कक्षामा हुँदा भएथ्यो।
म मेरो पहिलो कक्षाको अन्तिम पंक्तिको पनि एकदमै दाहिने किनारमा बसेको थिएँ। त्यस्तै अवस्थामा स्वामी आफ्नो नियमित निरीक्षणको निम्ति चक्कावला कुर्सीमा बसेर आउनुभो। हाम्रो प्राथमिक पाठशालातर्फ स्वामी आउँदै गरेको सूचनाले श्रेणीमा केही खल्बली भयो, फलस्वरूप म आफू बसेको स्थानबाट उछिट्टिएर यस्तो ठाउँमा पुगे जहाँ मेरो अघि कोही थिएनन् अनि स्वामी आएर मेरो अघाड़ि पहिलो लहरमा उभिनुभयो। जब स्वामीसँग मेरो आँखा जुझ्यो, त्यसैक्षण मेरो मन अर्धचेतन अवस्था (Trance)-मा पुग्यो अनि एक अनौठो भाव ममा जागृत भयो जसको म वर्णन गर्न सक्दिनँ। स्वामीले मलाई सोझो हेरेर बोलाउनुभयो। प्रथमतः मैले सोचे, मेरो पछाडिको कसैलाई बोलाएको होला तर झट्टै मलाई थाहा भयो कि उहाँको यो 'बुलावा' मेरै निम्ति हो। म स्वामी भएकहाँ दौड़ेर पुगे अनि उहाँले मलाई केही भन्नुभो तर मैले बुझ्नै सकिनँ। त्यसबेला स्वामीको पछिल्तिर हिँड्ने एक दाज्यूले भन्नुभो, "तिम्रो आँखामा के भएको?" स्वामीले त्यसबेला आफ्नो दाहिने आँखा देखाउनु हुँदैथियो - त्यही इसारा पाएर मैले उत्तर दिएँ - "फलामको रडले घोंचेको स्वामी!' अनि म तुरून्त मेरो शिशुसुलभ चञ्चलतावश दौड़ेर आफ्नो स्थानमा आएर बसे । त्यहाँबाट स्वामी हाम्री प्रधानाध्यापक भएकोमा गएर भन्नुभो, "नटी बोय" (दुष्ट केटा)। यो दृश्य मेरो मन बाट कहिल्यै मेटिएर जान्दैन, रहिनै रहन्छ अनि स्मरणमा रहेर यसले प्रत्येक सङ्कटको घडीमा स्वामी र मेरो माझमा एउटा सम्पर्क (Link) को काम गरिरहन्छ।
हे प्रभु! म सदैव तपाईंप्रति अनुगृहित रहनेछु।