विवेक केशर पाण्डे
कञ्चन सिनेमा कम्प्लेक्स, कालेबुङ
१९७४ सालमा मैले दुई-चार नेपालीभाषीहरुलाई पुट्टपर्तीमा कार्यरत् रही स्वामीप्रति भक्ति भावले समर्पित भई त्यतै आश्रममा बसोबासो गरेको देखेको थिएँ। त्यस समय दार्जीलिङका विद्यार्थीहरू त्यहाँका विद्यालयहरूमा थिएनन्। नेपाल वा सिक्किमबाट पनि पुगेका थिएनन् जस्तो लाग्छ।
वर्ष १९७८ मा डाक्टर सोनाम ग्यात्सो अनि रोदन थापा दुई विद्यार्थीले वृन्दावन क्याम्पसमा दाखिला लिए, सायद नेपालबाट त्यतिञ्जेल पनि त्यहाँ भर्ना भएका थिएनन् जस्तो लाग्छ। श्री सत्य साई विद्यालय तथा महाविद्यालयमा नेपाली विद्यार्थीहरूको प्रारम्भ यही १९७८ साललाई मानिलिएको छु मैले। त्यस पश्चात का यो दाखिलायात्रा अविराम चलेको चलेकै छ। अहिलेका श्री सत्य साई विद्यालयहरूमा कक्षा एकदेखि पी.एच.डी. सम्मका विद्यार्थीहरू मा नेपाली भाषा विद्यार्थीहरूका प्रतिशत अधिकतम छना अनन्तपुर, प्रशान्ति, वृन्दावन, मुद्दन्नहल्ली, अलिके हरेक क्याम्पसमा हाम्रा विद्यार्थीहरू अध्ययनरत छ। त्यति मात्र होइन ती संस्थाहरूबाट निस्किएर देश विदेशका विभिन्न उच सरकारी, गैर सरकारी ओहोदाहरूमा कार्यरत् पनि भइसकेका छन्।
पुट्टपर्ति, प्रशान्ति निलयम तथा वृन्दावनको सीमा क्षेत्रभित्र आज त्यहाँका विभिन्न व्यवस्थाहरूमा नोकरी गरेर बस्ने, व्यवसाय गरेर बस्ने नेपाली भाषीहरूका सङ्ख्या पनि धेरै छन्। कतिपय भक्तहरू केवल स्वामीप्रतिको भक्ति एवं प्रेमकै कारण उतै घर बनाएर, फ्लाट किनेर पनि बसिसकेका छन्।
अहिले समय यो स्थितिमा आइपुगे छ, हाम्रो एक झुण्ड साई युवाहरू जो भगवानका विभिन्न इन्स्टीट्युट, अस्पताल, भोजनालय, आश्रम, विद्यालय, महाविद्यालय पुस्तक पसल, गोकुलम, सिक्युरिटी सेल, बेकारी तथा आश्रमभित्रका अन्य व्यवस्थापनमा कार्यरत छन्। उनीहरूले आफ्नो जाति, भाषा अनि आफ्ना अनुजहरू सबैलाई एकमुष्ठ पारेर उनीहरूका दिव्य अनुभव हरुलाई एउटा आफ्नै भाषाको पत्रिका अवतारको जन्मभूमि पवित्र पुट्टपर्थीबाट प्रकाशित गर्नेजमर्कोगरेका छन्। यतिका सङ्ख्या, यतिको सोच, नेपाली अथवा गोर्खा समाज बाहिर रहेर अनि स्वयंको जन्मभूमिमा यस प्रकारको विचारलाई साकार रूप दिनु सायद एउटा अद्भुत चमत्कार नै हो।
मेरो ४२ वर्षको यो आध्यात्मिक यात्रामा यो एउटा महत माइल खुट्टा नै हो। जब स्वामीले नेपाली भाषामा सनातन सारथिलाई अनुवाद गरेर प्रकाशित गर्ने अनुमति दिएका थिए, त्यतिबेला म साह्रै रमाएको थिएँ। किन हो त्यसैबेलै मलाई नेपाली भाषाले मान्यता पाएको आनन्द लागेको थियो। स्वामी स्वयंले मातृभाषालाई आमरण माया गरेर जानुभयो। तेलुगु भाषा पनि देवभाषामा रूपान्तरण भयो। भाषालाई प्रेम, प्रयोग अनि प्रचार र प्रसार गर्नुभएको महत्त्व हामीले त्यसरी बुझ्यौं । त्यति मात्रै कहाँ र? आफ्नो रीतिरिवाज, पर्व, चाड, परम्परा, सङ्गीत, नृत्य, वेशभूषा. संस्कृति साथै खानपिन सबै पक्षलाई संरक्षण, संवर्द्धन अनि सम्मान गर्नुपर्ने शिक्षा पनि उहाँले व्यवहारबाटै दिनुभो।
यस सन्दर्भमा त नेपाली भाषीहरुले तथा गोर्खा जातिले धेरै मनन र चिन्तन गर्नुपर्छ। उहाँको जीवनलाई सन्देश मान्नेहरूले यस पक्षलाई आत्मसात नगरी आध्यात्मिक विकासका चुटकिलाहरु पार गर्नु असम्भव हुँदछ। आफ्नो भाषा, साहित्य, सङ्गीत, संस्कृतिलाई सम्मान नगरी व्यवहारमा नल्याई, व्यक्तिको सर्वाङ्गीन विकासको अपेक्षा राख्न सकिन्न, यस सत्यलाई उहाँले विश्वभरि नै जातिहरूको निम्ति उदाहरण दिएर जानुभयो। भाषा त उहाँले छाड्नु भएन नै साहित्यमा त उहाँ कविहरूका कवि नै हुनुहुन्थ्यो। हरेक दिव्य प्रवचनहरूमा स्वःस्फूरित कविता बहन्थ्यो गगासरह । उहाँले लेखेका, सत्य साई स्पिक्स र वाहिनीहरू आजका युगको वेद उपनिषद बन्न गयो। विश्वभरिका भाषाहरूमा ती रूपान्तरित भए। आज यी साई युवाहरूले प्रशान्ति अथवा पुट्टपर्थी बाटै यो पत्रिका मातृभाषामा प्रकाश गर्ने जुन सोच लिए, त्यो त्यसैको उपज हो। स्वामीले सिकाउनु भएको प्राथमिक स्तरको आध्यात्मिक सुझबुझको लक्षण हो। दार्जीलिङ, सिक्किम, नेपालबाट नेपाली भाषाका पुस्तकहरू निस्कनु ठूलो कुरा होइन तर दक्षिण भारतको एउटा कुनै स्थान जहाँ अवतारले मानव रूपमा जन्म लिए, त्यहाँबाट यस्तो सोच जन्मनु अनि त्यस सोंचले मूर्त रूप लिनु यो ठूलो कुरा हो। हाम्रा यी युवाहरूलाई कोटी कोटी बधाई अनि नमन। स्वामीप्रति कृतार्थ छु वेद मन्त्र संगै आधुनिक शिक्षा अनि त्यससँगै आफ्नो भाषा, साहित्य र संस्कृतिको पनि सचेतता र जागरूकताले यस जातिलाई विश्वमा हिमालजस्तै अग्लो बन्ने सामर्थ्य दिनुभएकोमा।
अब एकप्रकारको ढुक्क पनि लागेको छ, साई साहित्यका ठेलीहरू रूपान्तर र अनुवाद गर्न अनि प्रकाश, पठन (अध्ययन) गर्न साथै प्रचार र प्रसार गर्न अबेर परेका नेपाली-गोर्खाहरुले जुन दिनदेखि ती सबै पुस्तकहरू पुट्टपर्तिबाट प्रकाशित भई आफ्नो हात हातमा पाउन लागेका छन् - त्यसबेला यो पुस्तक ओम् (अ उ म)-को महत्त्व पनि बुझ्नेछन्।
यी उत्साहित अनि अनुगृहित, भाइ बहिनी हरुलाई हामी समग्र नेपालीभाषी साई भक्तहरूबाट प्रेमपूर्ण बधाई अनि आशीर्वाद।
सदा साई चरणमा।