प्रज्ञा प्रधान
शिक्षिका
श्रीमती ईश्वरम्मा हाई स्कूल, पुट्टपर्ति
Teachers are the sculptors who shape the rocks into things of beauty and significance of utility and inspiration.
भगवान् बाबा भन्नुहुन्छ - "शिक्षक-शिक्षिका बहुगुणी प्रतिभाको धनी हुनपर्दछ। एकजना शिक्षक शिक्षिकाले आफ्ना शिक्षार्थीलाई असल अनुशासन, नम्रता अनि आदर्शताको पाठ सिकाई एक आदर्श नागरिक निर्माण गर्नमा बहुमूल्य योगदान पुन्याउन सक्छन्। शिक्षक-शिक्षिकाले आफ्नो जीवनका अनुभवहरू आफ्ना विद्यार्थीलाई उदाहरण स्वरूप प्रस्तुत गरी प्रथमतः Three 'P - Purity (पवित्रता), Patience (धैर्य) अनि Perseverance (लगनशीलता)को अर्थबोध गराउन सके आफ्नो जीवनको लक्ष्य प्राप्त गर्न सक्दछ। यिनै तीन आचरण आजको युगको मूलभूत ढाँचाको रूपमा स्तम्भ बनी यो समाजलाई सभ्यता प्रदान गर्न सक्नेछ।
साधारणतः एक शिक्षक-शिक्षिकालाई स्वच्छ, निर्मल साधकको रूपमा सबले अंकित गर्नेगर्छ जो प्रेम अनि हर्षको प्रतिरूप मानिन्छ। त्यसर्थ, शिक्षण पेशालाई सर्वोच पवित्र मानिएको छ। जुन विषयलाई भगवान् स्वयंले भन्नुभएको छ - "एकजना शिक्षक एक महान ऋषि समान हुन्।" शिक्षक-शिक्षिका नै हरेक विद्यार्थीको पहिलो गुरु हने गर्दछन् जसले शिक्षार्थीको हृदयमा सर्वप्रथम मानवताको बीज रोप्ने गर्दछन्। त्यसर्थ, गुरुलाई सधै गुरु ब्रह्म, गुरु विष्णु अनि गुरु नै महेश भनी आदिकालदेखि सम्बोधन गर्दै आइरहेको छ।
विद्यागिरिमा विद्यार्जन गर्ने क्रममा मैले पनि यसरी नै पेशाको रूपमा शिक्षा विषयमा अध्ययन गर्दा अनि आज भगवानको कृपाले उहाँको शैक्षिक अनुष्ठानमा आफूले पनि सेवा गर्ने मौका पाएको हुनाले यी विषयलाई शिक्षार्थी एवं शिक्षिकाको रूपमा आफूभित्र पनि अनुभव गर्न पाइरहेकी छु।
पेशाको रूपमा शिक्षण यिनै विषयमा व्याख्या गरिएको छ भने यसको प्रत्यक्ष उदाहरण भगवान् श्री सत्य साई बाबाका शैक्षिक संस्थानहरूमा रूपान्तरित भएको सदैव अनुभव हामी सबैले गर्दै आइरहेका छौं।
प्रथम - अभिभावकले सदैव आफ्नो सन्तानको उच्च शैक्षिक भविष्य एक शिक्षक शिक्षिकामाथि निर्भर गरेको हुन्छ। सबैले आफ्नो सन्तानमाथि भविष्यमा सत्चरित्रवान, द्रष्टा अनि ज्ञानी होस् भनी शिक्षक-शिक्षिकामाथि पूर्ण आस्था राखेको हुन्छ।
त्यसर्थ, यी विषयमा नै एक शिक्षक शिक्षिकाको काँधमा पहिलो जिम्मेवारी अड़ेको हुँदछ। उनी आफू स्वयं प्रत्यक्ष उदाहरण बनी प्रस्तुत भएर देखाउनुपर्नेहन्छ। चरित्रवान शिक्षार्थी निर्माणको निम्ति स्वतः गुरुले नै ती चरित्र अप्नाएको हुनुपर्छ साथै अन्य गुणहरू पनि। अभिभावक को आस्था पनि शिक्षक-शिक्षिकाको पहिलो परीक्षा हनेगर्दछ। त्यसैले पनि उनी स्वयं यो विषयमा परिपक्क भई आफू पूर्ण सक्षम भएको आफैले महसूस गर्न सक्नुपर्छ।
यस सन्दर्भमा स्वामी भन्नुहन्छ - मनुष्यको वास्तविक कर्तव्य के हो ? पहिला आफ्ना माता-पिता अनि गुरुलाई कृतज्ञतासंग सेवा गर्नुपर्दछ। उपदेश दिनुभन्दा पालन गर्नु पहिला सक्नुपर्दछ। साँचो शिक्षक-शिक्षिकाको तात्पर्य यहि हो कि आफू स्वयंमा अन्तर्निहित उत्कृष्टतालाई अभिव्यक्त गर्नु। मानवताले भरिएको शिक्षा नै साँचो शिक्षा हो। जुन प्रकारले एक शिक्षक-शिक्षिकाले आफ्नो शिक्षालयमा अभिभावकको आस्थालाई शिरोपर गरी प्रत्येक शिक्षार्थीको निम्ति आफू स्वयंले अभिभावकको भूमिका निर्वाह गरेको हुन्छ, त्यस्तै घर परिवारका अभिभावक सोही अर्थमा यी भावबोध गरी अभिभावकले पनि आफूले आफ्ना सन्तानको निम्ति गुरुको भूमिका आफ्नो घरैमा निर्वाह गरेको हुनपर्दछ।
दोस्रो - विधार्थीले पनि सोहि अनुरुप आफ्ना गुरुमाथि आफ्नो भविष्यको दायित्व सुम्पेको हुन्छ। उनीहरू सदैव आफ्नो शिक्षक शिक्षिकाबाट पूर्ण ज्ञान कौशल अनि निष्ठा आफ्नो अवधिमा आर्जन गर्न पाऊँ भनी आशा लिएका हुन्छन्। सदैव ती गुरुको प्रतिरूप बन्न चाहन्छन्।
त्यसर्थ, यो ठूलो अभिभाराको समाधान क्षणिक समयमा सम्भव छैन। स्वच्छ भाव अनि प्रेममा बाँधिएको हुन्छ प्रत्येक विद्यार्थी र शिक्षक शिक्षिकाहरूको सम्बन्ध। यसैले गुरु अनि शिष्यहरूमाझ प्रेमको बन्धन हनु अति आवश्यक छ। विषय पठन गर्नु त सहज विषय हुन्छ तर विषय बुझाउनु अनि त्यसलाई आफूले पनि बुझ्नु अलि समय लाग्छ। ती विद्यार्थीको भावनालाई बुइन सकिए यी सिढी पनि सहजै पार गर्न सकिन्छ। एक विनम्र अनुग्रह अनि प्रेममय भावना आफूभित्र जगाइ आफू अनि उभित्रको जिज्ञासालाई एक बनाउन सके हरेक वातावरणमा परिवर्तन ल्याउन सकिन्छ। यी माध्यमले ती विद्यार्थी विद्याबोध गर्नमा आफूजस्तै अनुभव गर्न सकून्।
भगवान् बाबाले यस प्रसङ्गमा भन्नुहुन्छ,
Education without humanity
Action without discrimination
Scholarship without wisdom
Words without truth
Music without melody
and politics without integrity
Can never shine in society.
मानवता बिनाको शिक्षा,
विवेचना बिनाको कर्म,
प्रज्ञान बिनाको पाण्डित्य,
सत्य बिनाका शब्दहरू,
सुर बिनाको सङ्गीत,
अनि एकीकृति बिनाको राजनीति
समाजमा कहिल्यै चम्कन सक्दैन।
शिक्षकद्वारा शिक्षार्थी अनि सोही शिक्षार्थीद्वारा एक असल शिक्षक-शिक्षिकाको निर्माण भएको हुनपर्दछ। गुरुद्वारा नै शिष्यको भविष्य निर्माण हुने गर्दछ। त्यसर्थ, शिक्षक शिक्षिका स्वयं भविष्य द्रष्टाको रूपमा उभिएको हुनपर्दछ।
तेस्रो - अभिभावक-शिक्षार्थी साथै शिक्षक शिक्षिकामाथि आफ्नो पूर्ण आस्था हरेक समाजले पनि गरिराखेको हुन्छ। समाजले पनि शिक्षक-शिक्षिकाहरूलाई भविष्य द्रष्टा, स्रष्टा, निर्माणकर्ताको रूपमा मानिलिएको हुन्छ।
त्यसर्थ, यो थप अभिभारा पनि हरेक शिक्षक शिक्षिकाहरूले ग्रहण गरेको हुनपर्छ। अभिभावक अनि विद्यार्थीका साथ साथै प्रत्येक सभ्य समाज निर्माणमा प्रत्येक शिक्षक शिक्षिकाको निष्ठापूर्ण भूमिका निर्वाह गरेको हुँदछ।
"As teachers as the student and as students as the society."
विद्याबोध साथ-साथै सभ्यता निर्माणमा गुरुको धेरै नै ठूलो योगदान हुने गर्दछ। प्रत्येक शिक्षक-शिक्षिकाले समाजको निर्माणमा मेरुदण्डको कार्य गर्छ। समाजको जिज्ञासाको अभिभारा पनि आफूले लिएको हुँदछ ताकि एक स्वच्छ समाज निर्माणमा आफूजस्तै आफूले पनि आफ्ना विद्यार्थीलाई तयार गर्न सकून्।
यसै सन्दर्भमा स्वामी भन्नुहुन्छ,
"परोपकाराय पुण्याय पापाय परपीडनम्"
अर्थात् सबैको सेवा गर कसैलाई पनि मन बचन अनि कर्मले दुःख नदेऊ। सबैलाई प्रेम गर, आफ्नो जीवनमा घृणालाई लेस मात्र पनि स्थान नदेऊ। आध्यात्मिक शिक्षार्जन गर अनि अनि अरूलाई पनि गराऊ कारण 'आध्यात्मिक शिक्षा विद्यानाम' अर्थात् आध्यात्मिक शिक्षा नै साँचो शिक्षा हो - जसले साँचो निःस्वार्थ समाज निर्माण गर्न सक्दछ। प्रत्येक मनुष्य समाजको अङ्ग हो- समाज प्रकृतिको अनि प्रकृति ईश्वरको अङ्ग हो। यसरी ईश्वर - मनुष्य अनि समाजकाे बीच घनिष्ठ सम्बन्ध हुँदछ।
यी सबै अन्तर्क्रिया हरुलाई विचार विमर्श गर्दा एक साधारण शिक्षक शिक्षिका एक असाधारण व्यक्तित्वको धनी भएको हुनपर्दछ। एक असल शिक्षक शिक्षिकाले एक कुशल राष्ट्रनायक निर्माण गर्न सक्दछ। विश्व ब्रह्मांड का सृष्टिकर्ता भगवान् बाबासँग बिताउन पाएका यी अनुभवले आफूलाई पनि प्रत्येक क्षण शिक्षार्थी भई शिक्षार्जन गर्न मोह बस्दछ। आज विश्वस्तरकै उद्धारण हेतु मोडल शैक्षिक संस्थानको रूपमा भगवानका यी शिक्षालयहरूले उदाहरणीय कार्य गरिरहेको छ। यहाँ यी सबै विषयलाई पाठ्यक्रम आधारित परिपाटी मात्र नठानेर सामाजिक, शैक्षिक अनि आध्यात्मिक भावको मिश्रणले एउटा सुन्दर स्वरूपान्तरण केन्द्रको रूपमा निर्माण गरेको पाइन्छ। सम्यक दृष्टि अनि सम्यक वाणीले साम्यक श्रवणम्, सृष्टि हुन सक्दछ। दृढ विश्वास बिना ईश्वर प्राप्त गर्न सकिन्न। हामीले हरेक विद्यार्थीमा दृढ़ विश्वास भर्न सक्छौ। हामी सबै शिक्षक-शिक्षिकाले आफू स्वयं तयार भई एक-एक शिक्षार्थी तयार पार्न सके यी तीनै भावको पूर्ति हुन सक्छ। जीवनको सार पूरा गर्न हामी प्रत्येक शिक्षक शिक्षिका फेरि एकपल्ट शिक्षार्थी बन्ने मौका पाएका छौ। भगवानले देखाउनु भएको हरेक बाटोले झन् यो यात्रा निकै सजिलो पारिदिएको छ। स्वामी भन्नुहुन्छ -
Politics without principle,
Education without characters,
Science without humanity,
Commerce without morality
are not only useless but also positively dangerous.
सिद्धांत नभएको राजनीति,
चरित्रविहीन शिक्षा,
मानवता बिनाको विज्ञान,
नैतिकतारहित वाणिज्य
केवल निरर्थक होइनन् तर सकारात्मक रूपमा खतरा पनि हो।
सारमा, हामी शिक्षक-शिक्षिका अनि शिक्षार्थी एकअर्काको परिपूरक बन्न सकौं।
इति।