सन्दीप प्रधान
कालेबुङ
हाल पुणे (महाराष्ट्र)
कुनै व्यक्तिले पाउन सक्ने त्यो सर्वोच्च वरदानचाहिँ भगवान् स्वयंसँगको शारीरिक सामीप्य हो। त्यो समय हो जुन समय उहाँ यस पृथ्वीमा अवतरित भई मानव शरीर धारण गरेर आएका हुन्छन् अनि अझ बढ़ी उहाँको प्रेममा ओतप्रोत हुन पाइन्छ। स्वामीको विश्वविद्यालयमा सात वर्ष विद्या आर्जन गर्न पाउनु मेरो ठूलो सौभाग्य रह्यो। मैले जीवनसँग यस भन्दा राम्रो उपहार अरू केही माग्न सकिनँ।
मेरो भाइको दाखिला
२००१ मा जुन समय मैले श्री सत्य साई इंस्टीट्यूट अफ हायर लर्निङ नाम गरेको युनिभर्सिटी का दाखिला लिएँ, मेरी आमाले सपनामा स्वामीलाई डोहोयाएर अर्कोलाई चाहिँ बोकी राखेकी थिइन्। उहाँले दुवै नानीहरूलाई लिएर कतै जाँदै हुनुहुन्थ्यो। आमा विश्वस्त हुनुभयो कि मैले झै मेरो भाइले पनि पुट्टपर्तीमा अवश्यै दाखिला पाउनेछ। तर मेरो भाइले भगवानको कलेजमा भर्ना हुने साहै चासो देखाएन। भाइले भर्ना हुन नपरोस् भनेर जानी जानी परीक्षा सही ढङ्गले गर्दैन भने हामी सबैलाई डर भएको थियो। भगवान भन्नुहुन्छ नि "मेरो सपना केवल सपना मात्र होइन तर ती वास्तविकता नै हो।" भन्न जरूरी छैन कि भाइ वृन्दावन क्याम्पसमा भर्ना भए अनि भगवानको सामीप्यको आनन्द पनि उपलब्ध गरे।
दार्जीलिङे केटो
म प्रथम वर्ष विज्ञानको स्नातकोत्तर कक्षमा हुँदा त्यहाँ एकजना दार्जीलिङका दाज्यू थिएँ जसलाई स्वामीले माया गरेर 'दार्जीलिङ बोय' भनी बोलाउनु हुन्थ्यो। मैले पनि मनमनै सोचें कि "स्वामी मलाई पनि त्यसरी नै बोलाउनु नि!"। म प्रत्येक दिन गणेशजीलाई प्रार्थना गर्थे कि स्वामीले मलाई पनि त्यही नामले बोलाउन चाहे एक पटक मात्र भए पनि। बिस्तारै दिनहरू बित्न थाले, वर्षहरू पनि बित्दै गए अनि मैले यो विषय पनि बिर्सिपठाएँ। तर ती करुणामय प्रभुले भने मेरो त्यो इच्छा विर्सेका थिएनन्। म एमएससी को दोस्रो वर्षमा थिएँ, जब एक साँझ म भजन हलमा बसिरहेको थिएँ अनि स्वामीले मलाई हेर्दै हाँस्दै भन्नुभयो, “दार्जीलिङ बोय यहाँ आऊ।"जब म स्वामीको नजिक पुगे, उहाँ मुस्कुराउनुभयो अनि भन्नुभयो, "मलाई सब थाहा छ। अर्को पाँच मिनटसम्म स्वामी मसित बात गर्नुभयो। सबै प्रार्थनाहरुको सुनुवाइ हुन्छ, बस हाम्रा स्वामीले सही समय का प्रत्यक्ष गर्नुहँदछ।
कैलाश कुमार सर
म बी.एस.सी, प्रथम वर्षमा हुँदा हाम्रा अंग्रेजीको सर थिए श्री कैलाश कुमार। पूर्व सैनिक व्यक्तित्व जसले आफ्नो कार्य अवधिमा धेरै धेरै महत्वपूर्ण कार्यहरू भारतीय सेनाका आफ्ना विभिन्न स्तरहरूमा पूर्ण गरेका थिए। सेनामा कार्यरत भएका हुनाले उहाँले कठोर अनुशासन पालन गर्थे। तसर्थ, सबै विद्यार्थीहरूले उहाँको कक्षामा धेरै कठिनाइहरूको सामना गर्नुपर्दथ्यो। कक्षामा कुन प्रकारले बस्नुदेखि लिएर कलम कसरी समात्नुसम्म पनि उहाँले कठिन नियमहरू लागु गर्नुभएको थियो। यतिचाहिँ राम्रो थियो कि प्रथम वर्षकाहरूका लागि चाहिँ उहाँले सबै सहज गरिदिएका थिए। त्यसताक हामी जम्मा १६ जना थियौं। तसर्थ, यदि कसैले उहाँलाई चकलेट वा मिठाइ प्रदान गरे भने उहाँ भन्नुहुन्थ्यो “यदि तिमी दिन्छौ भने सत्रवटा देऊ या दिदै नदेऊ किनभने मेरो त सोह्रजना नानीहरू छन् अनि म एक्लै त खानु सक्दिन।' यो कुरा उहाँले इमान्दारीतापूर्वक निभाउनु हुन्थ्यो। प्रसादमका प्याकेटहरू उहाँले कहिले फ्याँक्नु हुन्नथियो। एक एकवटा खाली प्याकेट सुरक्षित दराजमा राख्नुहुन्थ्यो। उहाँ भन्नु हुन्थ्यो, "यो प्रसाद स्वामीले दिनुभएको हो, तब यो प्याकेट किन फ्याक्नु? यो पनि त स्वामीले नै दिनु भएको हो।'
एकदिन बिहानै स्वामीले दुई-चारजना शिक्षकहरूलाई सम्बर्द्धना जनाउनुभयो जसले स्वामीको धेरै समयसम्म सेवा गरेका थिए। उपहारस्वरूप स्वामीले चाँदीको थाल अनि सुन जड़ित गिलास सबैलाई प्रदान गर्नुभो। स्वामीबाट पाएको उपहार नखोली कैलाश सर हाम्रो कक्षामा आइ पुग्नु भयो। उहाँ भन्नुलाग्नु भयो स्वामी यो सब हामीलाई किन दिनु भएको?तपाईंबाहेक त मलाई अरू केही उपहार चाहिन्न। बिस्तारै उहाँले उपहार खोल्नु थाल्नुभयो। हामी आश्चर्यचकित भयौं । गिलासभित्र मिठाइ रहेछ। सबैजना कानेखुसी गर्न थाले। सत्रभन्दा कमी मिठाइको कल्पना हाम्रो दिमागमा चल्न थाल्यो। के सरले स्वामीले दिनुभएको प्रसाद अस्वीकार गर्नुहनेछ? सोझो अनि पवित्र भावना भएका आफ्ना भक्तहरूप्रति आफ्ना प्रगाढ़ प्रेम दिनु भो प्रिय स्वामीले फेरि। विश्वास गर्नोस् या नगर्नोस्, त्यहाँ सत्रवटा नै मिठाइ थियो। मानिसहरूले यसलाई संयोग भन्लान, तर मेरो निम्ति यो महत्वपूर्ण चमत्कार र स्वामीको आफ्नो भक्तप्रतिको प्रेमपूर्ण लीला थियो।
कैलाश कुमार सर चाहनुहुन्थ्यो कि उहाँले पढ़ाउने पाठ्यक्रम सदैव समय भन्दा अघि पूरा होस्। बीएससीको पहिलो वर्ष पूरा हुँदा नहुँदै कैलाश सरलाई हृदयघात भएर कोमामा जानुभयो। जुन दिन उहाँले आँखा खोल्नुभो उहाँ तत्कालै आएर रहेको अन्तिम पाठ पूरा गर्नेहठ गर्न लाग्नुभयो। डाक्टरहरूले उहाँलाई रोक लगाउने आट गर्न सकेनन्। उहाँ हाम्रो कक्षामा आएर पाठ पूरा गर्नुभयो। त्यो बिहान उहाँले भन्नुभएको कुरा मलाई झल्झली याद आउँछ -"केटा हो, आज बिहान स्वामी मकहाँ आउनुभयो अनि भन्नुभयो "सबैजनाले तेरो मुटु (हृदय)को समस्या छ भन्छन्। तर तेरो त हृदयको कुनै समस्या नै छैन।" आँखा भरि आँसु पारेर सरले भन्नु भयो, "यदि मेरो साई कृष्णले स्वयं मलाई मेरो हृदयको समस्या छैन भन्नुहुन्छ भने मैले किन डाक्टरहरूको कुरा सुन्नु?" अझ उहाँ भन्न लाग्नुभयो, अब त तिमीहरूको पाठ्य विषय पनि पूरा भयो, मेरो कृष्णप्रति कर्तव्य पनि पूरा भयो, अब म शान्तिसँग मर्न सक्छु। ठीक त्यसै दिनको साँझमा कैलाश कुमार सरले हामीलाई छाडेर आफ्नो साई कृष्णामा लिन हुनुभयो। हामीले कैलाश सरसँग बिताएका दिनहरू स्मरण गर्दा एउटा विचार झट्ट मेरो मानसपटलमा आयो कि स्वामीले कैलाश सरलाई केही समय दिनुभयो, छोटो अवधिको निम्ति नयाँ जीवन पाएर आफ्नो रहेको कर्तव्य पूरा गर्नलाई। स्वामीले उहाँको कर्तव्यपरायणता अनि भक्ति भावलाई सराहना गर्नुभएको थियो।
स्वामीलाई चुनौती
यहाँ मेरो जीवनको एउटा सानो तर महत्वपूर्ण घटना छ। मैले एउटा यस्तो बदमाशी गरेको थिएँ जसबारे मलाई मात्र थाहा थियो अरू कसैलाई थिएन। दर्शनको समयमा स्वामी मन्दिरमा बस्नुभएको थियो अनि म अलिक पर बसेको थिएँ। मलाई एउटा विचार आयो अनि मनमनै मैले स्वामीलाई भनें, "यदि तपाई जान्नुहुन्छ कि मैले के गरेको छु भने यसको पुष्टि गरिदिनुहोस्।" तत्क्षण मलाई डर भयो कि स्वामीले सबैको सामु नै बताइदिनु हुन्छ भनेर। डराउँदै फेरि मैले मनमनै भने, "तर सबैको अघि चाहिँ नभन्नुहोस् है मलाई इशारा मात्र गर्नुहोस्।"त्यसपछि स्वामीले प्रसाद बाँड्न लगाउनुभयो। यस पटकको प्रसादमा केही अनौठो थोक थियो। प्रसादको प्याकेटभित्र सानो कागजमा केही सूचना थियो "साईले सदैव तिमीलाई हेरिरहेका छन्।" हो, मैले आत्मबोध गरे कि उहाँले हामीलाई सदैव हेरिरहनु भएको हुन्छ अनि हामी यसबारे सचेत रहनु पर्छ।
स्वामीको सर्वव्यापकता
म डी एंड बी, टी.यु.ए.डी. कर्पोरेसन कार्यरत थिएँ अनि यो एउटा यस्तो संस्था थियो जसले आफ्नो कोर्पेरेट संस्थागत सामाजिक दायित्वलाई गम्भीरतासँग लिदथ्यो। वृद्धाश्रम, अनाथाश्रम, अस्पताल अनि स्कूलहरूसित सम्बन्धित विभिन्न क्रियाकलापमा हामी व्यस्त रहन्थ्यौ । एक समय हामीले चेन्नईको मान्देवली भन्ने ठाउँको भी एकसेलको दिव्याङ्क शिशुहरूका लागि खोलिएको विद्यालयमा एउटा स्वास्थ्य जांच शिविरको आयोजन गर्यौँ। एक- दुईजना नानीहरूको अवस्था यति साह्रो खराब थियो कि आँखाकै अघि रहेका ३ डी वस्तुहरु सम्म चिन्न नसक्ने। क्याम्प सकेर हामी दुई-चारजना त्यहाँका संस्थापक श्रीमती वसुधासँग बात गर्न गर्यौँ। संयोगवश सबै स्वामीका विद्यार्थीहरू (डी एण्ड बी-मा कार्यरत) त्यस अफिसभित्र थिए। हामीमध्ये एकजनाले त्यस स्कूलभित्र स्वामीको फोटो देखेका थियौं। उसले श्रीमती वसुधालाई सोध्यो, "महोदया, हामीले तपाईंको स्कूल स्वामीको फोटो देख्यौँ। के साई संस्था कुनै प्रकारले यस स्कूल सित सम्बन्धित छ?' उहाँले उत्तरमा भन्नुभयो, "तर सत्य साईं बाबा नै मेरा लागि सबै कुरा गरिदिनुहुन्छा" हामी सबै वाल्ल पर्यौं । उहाँले अझै भन्नुभयो, "जब म यु एस.-बाट फर्केर आएँ तब म भारतमा पनि धेरै दिव्यांग नानीहरूसित कार्यरत थिएँ। तसर्थ, मैले पनि भारतमा दिव्याङ्ग नानीहरूका लागि विद्यालय खोल्ने विचार गरें, तर मलाई अलिक हिच्किचाहट भयो कारण यसको निम्ति धेरै धनराशि साथै प्रशिक्षित शिक्षकहरूको आवश्यकता थियो। ठीक त्यसै समयमा एकजना सेतो वस्त्र धारण गरेका आगन्तुक मकहाँ आएर भने कि उहाँलाई सत्य साई बाबाले मकहाँ यो भन्नलाई पठाएका थिए कि मैले ठानेको राम्रो कार्यलाई मैले नडराई अघि बढाउन पर्छ किनभने उहाँले मेरो सबै भार बहन गरि दिनु हुने छ। वसुधा अझ भन्न लागिन् कि अर्कोत्यस्तो अवसरमा जब उहाँ हताश भएर दुई नानीहरूको निम्ति स्पोन्सर (प्रायोजक) खोजिरहेकी थिइन् तब ठीक त्यसरी नै दुईजना व्यक्तिहरू त्यहाँ आए अनि भन्न लागे कि उनीहरू भगवान श्री सत्य साईं बाबाका भक्त थिए अनि त्यस विद्यालयका लागि धनराशि प्रदान गरेर सहायता गर्न चाहन्थे। उहाँहरूले ती दुई नानीहरूको निम्ति धनराशि सङ्ग्रह गराएर गए अनि त्यसपछि उनले ती मानिसहरूबारे कहिल्यै केही सुनेनन्। यसरी स्वामी मसँग मैले यो विद्यालय खोलेको दिनदेखि नै हुनुहुन्छ केही क्षण मौन रहेपश्चात् हाम्रा सिनियरले भने, “महोदय, हामी सबै श्री सत्य साई बाबा का विद्यार्थीहरू हो।" उहाँ तीन छक पर्नु भयो अनि केही समयसम्म निशब्द। त्यसपछि उहाँले भन्नुभयो, "के मैले भनिन त? कि उहाँले मेरो सहायता गर्न सधै मानिसहरू पठाइदिन्छन?"
हामी सबै यस अनुभवले विनम्र भएर फर्कियौं। तब हामी सचेत भयौं कि कसरी स्वामीले आफ्नो योजनामा मानिसहरूलाई संलग्न गराउनुहुन्छ।